arrow

कोइरालाको निधन संगै राष्ट्रिय सम्मेलन स्थगन

logo
प्रकाशित २०७२ माघ २६ मंगलबार
sushil-tudikhel1.jpg.jpeg
काठमाडौं।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले बुधबारदेखि काठमाडौँमा गर्न लागेको २२औँ राष्ट्रिय सम्मेलन स्थगन गरेको छ । 
 
नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको असामयिक निधनका कारण उक्त सम्मेलन बिहीबार गर्न लागिएको हो । युनियनका प्रवक्ता आरसी लामिछानेले यही माघ २७ गतेदेखि २९ गतेसम्म गर्न लागिएको सो सम्मेलन राजनेता एवम् पूर्व प्रधानमन्त्री कोइरालाको सम्मानमा स्थगित गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार यही माघ २८ गतेदेखि आउँदो फागुन १ गतेसम्म सम्मेलन जारी रहने छ । 
 
सम्मेलनमा ‘परिश्रमी र प्राज्ञिक जनशक्तिको विकास, राष्ट्रनिर्माणको आधार सुदृढ र प्रभावकारी विद्यार्थी आन्दोलन अनेरास्ववियुको सरोकार’ भन्ने मूल नारा रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ