arrow

प्रधानमन्त्री र भारतीय विदेशमन्त्रीसहितको प्रतिनीधिमण्डलबीच भेटवार्ता

प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल

logo
प्रकाशित २०७२ माघ २६ मंगलबार
Pm-Oli-&-sworaj-bhet.jpg.jpeg
काठमाडौं । कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्न आएको भारतीय विदेशमन्त्री सुष्मा स्वराज सहितको प्रतिनीधिमण्डलले प्रधानमन्त्री सुशील कोइरालासंग भेट गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेको प्रतिनीधिमण्डलले प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमणबारे छलफल गरेको छ ।
 
भेटमा भारतीय विदेशमन्त्री स्वराजले भारत नेपालको हरेक दुखमा साथ दिन तयार रहेको बताइन् । विदेशमन्त्री स्वराजसहितको प्रतिनीधिमण्डल मंगबारै राति फर्कंदै छ । विदेशमन्त्री स्वराजसंगै उद्योग तथा वाणिज्यमन्त्री आनन्द शर्मा, जनता दल संयुक्तका नेता शरद यादव, भारतीय कम्युनिष्ट पार्टी माक्सवादीका महासचिव सिताराम यचुरी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमा सुरक्षा सल्लाहकार अजित डोभल बालुवाटार भेटमा सरिक भए । प्रधानमन्त्री ओलीसंग परराष्ट्रमन्त्री कमल थापा समेत थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ