arrow

माध्यमिक शिक्षा परीक्षा (एसईई) को रिजल्ट आज आउँदै

logo
प्रकाशित २०७५ असार ९ शनिबार
SEE_news.JPG

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शनिबार (आज) सार्वजनिक हुदैछ । परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनका लागि तयारी पूरा भएको जनाएको छ । 

परीक्षा नियन्त्रक अम्बिका रेग्मीले दिउँसो तीन बजे राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेर ४ बजेसम्म नतिजा प्रकाशित हुने जानकारी दिए ।

यसपालीको परीक्षामा २ लाख ५९ हजार ७ सय ३२ छात्र र २ लाख ७८ हजार ४ सय ५० छात्रा गरी ५ लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी भएका  थिए । 

एसईई परीक्षाा गएको चैत आठ गतेदेखि सञ्चालन भएको थियो । शिक्षा ऐनमा भएको आठौं संशोधनले विद्यालय शिक्षालाई कक्षा १२ सम्म हुने व्यवस्था गरे पनि हाललाई राष्ट्रिय परीक्षा बोर्डको अन्तर्गत रहेर परीक्षाको व्यवस्थापन साविककै परीक्षा नियन्त्रण कार्यालय मार्फत् गरिएको छ । 

आगामी वर्षदेखि भने परीक्षा प्रदेश स्तरमा सञ्चालन गर्ने शिक्षा मन्त्रालयको तयारी छ । नतिजा हेर्नका लागि विभिन्न परिक्षा नियन्त्रण कार्यायल, राष्ट्रिय परीक्षा बोर्डको वेवसाइट Soce.gov.np सँगै रिजल्टस् र सिम्बोल नम्बर लेखेर ३५००१ मा एसएमएस गरेर प्राप्त गर्न सकिने जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ