arrow

दुबै कम्युनिष्टका विचारलाई एउटै बनाउनुपर्छ: मुख्यमन्त्री गुरुङ

logo
प्रकाशित २०७५ असार ९ शनिबार
Prithivi_subba_intervew3658.jpg

बेँशीसहर, लमजुङ । प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विचार समान भएमा मात्र पार्टी एकताले सार्थकता पाउने बताएका छन् ।

पार्टी एकीकरण पछि शनिवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लमजुङको पार्टी कार्यालय उद्घाटन गर्दै पार्टी स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री गुरुङले पार्टीको सांगठनिक एकतासँगै वैचारिक र भावनात्मक एकता हुन नसके एकीकरण उपलब्धिमूलक नहुने दाबी गरे।

“हिंसात्मक संघर्षबाट माओवादी आएको छ, शान्तिपूर्ण आन्दोलनबाट एमाले आएको छ,” गुरुङले भने – “अब पार्टी संगठन एउटै भयो । दुबै पक्षका कम्युनिष्टले विचारलाई पनि एउटै बनाउनुपर्छ ।”

मुख्यमन्त्री गुरुङले नेपालको कम्युनिष्ट एकता विश्वकै लागि दुर्लभ घटना भएको दाबी पनि गरे । मुलुकको विकास र आर्थिक समृद्धिको लागि जनताले दिएको जनादेश मुताबिक एकता भएको उनको धारणा थियो ।

पार्टी एकीकरणपछि लमजुङमा कार्यालयसहित पदाधिकारीहरुको जिम्मेवारी समायोजन गरिएको छ । पूर्व नेकपा एमालेको कार्यालयलाई संयुक्त पार्टी कार्यालय बनाई बाँकी प्रवन्धका लागि जिल्लास्तरका नेताको कार्यदल बनाइएको नेकपाले जनाएको छ । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ