arrow

सांसद पौडेलले सोधिन्–भारतले पारवहन सन्धि अनुमोदन नगरेको कुरा किन लुकाएको ? 

logo
प्रकाशित २०७५ असार १० आइतबार
durga_paudel.JPG

काठमाडौं । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले छिमेकीसँग विभिन्न सम्झौता गरेको प्रचार गरिरहेको सरकारले भारतले अहिलेसम्म पारवहन सन्धि अुमोदन नगर्नुको कारण खोज्न नसकिरहेको आरोप लगाएकी छन्।

प्रतिनिधि सभामा आउने आर्थिक वर्षको बजेटको मन्त्रालयगत बजेटमा खर्च कटौतीको प्रस्ताव राख्दै उनले भनिन् । सरकारले राष्ट्रिय स्भाभीमानका कुरा गरिरहँदा लिपुलेकको असमान सन्धिबारे किन तैचुप मैचुप भनिन् । उनले अगाडि भनिन्, ‘१९५० को सन्धिलगायत असमान सन्धि सम्झौता खारेजीका लागि पहल गरेको खै ? अनि भारतले अहिलेसम्म पारवहन सन्धि अनुमोदन गरेको छैन । त्यसको कारण सम्म खोज्न सकेको छैन सरकारले । यो कुरा किन लुकाएको ? त्यसको मार नेपाली व्यवसायीले भन्सारमा भोगिरहेका छन् । कहिले अदुवा निर्यात रोकिन्छ । कहिले क्लिंकर आयात । अहिले पनि बन्दरगाहमा कन्टेनरहरु लाईन लागेर बसेका छन् ।’ त्यसैले परराष्ट्र मन्त्रालयको खर्च कटौतीको प्रस्ताव राख्दछु । 

यस्तै, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा पनि उनले खर्च कटौतीको प्रस्ताव गरेकी छन् । राष्ट्रिय हित विपरीत सम्झौता गरेका जलविद्युत आयोजना पुनरावलोकन हुँदैन, उनले भनिन्, ‘झोलामा खोला राख्ने अवस्थाको अन्त्य अझै भएको छैन । खेतीयोग्य जमिनलाई उपयोग गर्न जलाशययुक्त आयोजना अघि बढाएन ।’

सांसद पौडेलले गृहमन्त्रालयमा पनि खर्च कटौतीको प्रस्ताव गरेकी छन् । उनले अपराध नियन्त्रण प्रभावकारी नभएको र कानुन कार्यान्वयनमा पनि ह्रास आएको बताईन् । यस्तै, यातायात क्षेत्रको सिण्डीकेट हटेको प्रचार चरिएपनि जनताले महसुस हुनेगरी सिण्डीकेट नहटेको समेत सुनाइन् । बलात्कारका घटना बढेको तर, दोषी उम्किएको बताउँदै उनले पीडीतको पुनःस्थापनामा रत्तिभर काम नभएको कुरा सभामुखमार्फत सरकारलाई सुनाइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ