arrow

भूमि सम्बन्धि जानकारी लिन भूमि सुशासन एप्स

logo
प्रकाशित २०७५ असार १० आइतबार
bhumi_aap.jpg

काठमाडौं । सरकारले भूमि सम्बन्धि जानकारी लिन सजिलो होस् भन्ने उद्देश्यले ‘भूमि सुशासन’ माबोइल एप्स सञ्चालनमा ल्याएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले भूमि सम्बन्धी सम्पूर्ण जानकारी भएको मोवाइल एप्स सञ्चालनमा लयाएको हो ।

आइतबार कृषि, भूमि व्यवस्था तथा सशकारी मन्त्रालयमा एक कार्यक्रम गरी ‘भूमि सुशासन’ नामक एप्सको मन्त्री चत्रपाणी खनालले उद्घाटन गरका हुन् । एप्समा मन्त्रालयका कार्यक्रम, भूमि सम्बन्धि सेवाहरुको जानकारी, कार्यालयहरुको लोकेशन, ऐन–कानुन, नीति–निर्देशिका, कार्यविधि तथा भूमि शब्दकोष लगायतका विषय समावेश गरिएको मन्त्री चक्रपाणी खनालले बताए । 

त्यस्तै सजिलोमा कन्भर्ट हुने गरी भूमिसम्बन्धित नापजाँज सम्बन्धि इकाई, नापी क्याल्कुलेटर, सूचना, गतिविधि, सेवाग्राहीबाट बारम्बर सोधिने प्रश्नहरु पनि मोवाइल एप्समा समेटिएको छ । मन्त्रालयका सहसचिव जनकराज जोशीले आइतबार सञ्लानमा ल्याइएको मोवाइल एप्समा केही प्राविधिक कुराहरु अझैं थप्नु पर्ने बताए । उनका अनुसार ति प्राविधिक कुरा थप्दै जाने बताए ।

उनले मोबाइल एप्स सञ्चालनमा आउनु एउटा सानो सुरुवात भएपनि यसले प्रयोगकर्तालाई केही राहत मिल्ने बताए । त्यस्तै मन्त्री खनालले अझै एप्समा केही पक्षहरु थप्नु पर्ने तथा सुधार गर्नु पर्ने भएकाले सुधार गर्दै जाने जानकारी दिए । मोबाइल एप्स मन्त्रालयको वेवसाइटबाट डाउनलोड गर्न सकिने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ