arrow

'सिडियो साव' आफै जान्छन् फलफूलका विरुवा रोप्न

logo
नारायण रिजाल,
प्रकाशित २०७५ असार १० आइतबार
Suchana_Adhakari.jpg

बागलुङ । बागलुङका प्रत्येक सरकारी कार्यालयमा फलफूलका विरुवाहरु रोपिएको छ । विरुवा रोप्नका लागी बागलुङका प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेल जिल्लाका सरकारी कार्यालयमा आफै विरुवा रोप्न जाने  गरेका छन ।

कार्यालयलाई आकर्षण र बातावरण मैत्री बनाउनका लागी हरेक कार्यालयमा फलफूलका विरुवा रोप्ने अभियान संचालन प्रजिअ खरेलले बताए । सवै सरकारी कार्यालयका सूचना अधिकारीहरुको सक्रियतामा कार्यालयमा विरुवाहरु रोपिएको छ  खरेलले भने, यो जिल्लाका लागी नयाँ आयाम हो । आफ्नो कार्यालय सफा र सुन्दर बनाउनका लागी सवै कार्यालयको उत्तिकै दायित्व हुन्छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयको प्राङ्गणमा आम्रापालि आपँको विरुवा रोपेर अभियानको शुभारम्भ गरिएको छ । त्यसका लागी जिल्ला बन कार्यालयले सहयोग गरेको छ । मानव स्वास्थ्यको लागी फलफूल धेरै राम्रो भएका कारण यसको उत्पादनमा सवैले जोड दिनुपर्छ भन्ने सन्देशका लागी पनी फलफूलका विरुवा रोप्ने अभियान थालिएको जिल्ला जनस्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक दिपक प्रसाद तिवारीले बताए ।

त्यस्तै गरी जिल्लाका सवै स्थानिय तह र विद्यालयहरुमा समेत यो अभियान थालिने प्रजिअ खरेलले बताए । उनका अनुसार कार्यालय वरीपरी निमार्ण गरिने वगैचाले सफा सुन्दरका साथमा मौसम अनुसारका फलफूल पनी प्राप्त गर्न सकिने हुनाले यस अभियानलाई अगाडि बढाईएको छ ।  नेपाल सरकार कृषि विकास मन्त्रालय २०७३ देखी ०८४ सम्मको १ दशकलाई फलफूल दशकको रुपमा मनाउने निर्णय गरेको थियो सोही अनुसार यसलाई सार्थक बनाउनका लागी यो अभियान थालिएको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी घनश्याम सापपकोटाले बताए ।    

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ