arrow

मन्त्रीहरुले लगातार संसदलाई अपमान गर्नुको अर्थ के होला ? 

logo
प्रकाशित २०७५ असार ११ सोमबार
sanghiya-samsad.png

काठमाडौं । मन्त्रीहरुले पछिल्लो पटक निरन्तर संसदलाई अपमान गर्दै आइरहेका छन् । उनीहरु संसदमा उपस्थित नहुँदा संसद बैठक स्थगित हुँदै आएको छ । विभागीय मन्त्री उपस्थित नभएपछि सो मन्त्रालयसंग सम्बन्धित विषयमा छलफल अगाडि बढाउनु औचित्य रहँदैन । 

सोमबार पनि त्यस्तै भएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा गृहमन्त्री उपस्थित नभएपछि संसद् बैठक स्थगित नै गर्नुपर्यो । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल गरिने कार्यसूची रहेको थियो । 

बैठकमा विनियोजन विधेयक २०७५ को विभिन्न शीषकमाथि जारी छलफलमा नेपाली काँग्रेसका सांसद देवप्रसाद तिमिल्सिनाले गृहमन्त्रीको उपस्थिति नभएको भन्दै नियमापत्ति गरेका थिए ।

लगत्तै काँग्रेसका सबै सांसद उठेर सम्बन्धित मन्त्रालयको छलफल हुँदा मन्त्री उपस्थित हुनुपर्ने माग गरेका थिए । सभामुख कृष्णबहादुर महराको पटकपटकको आग्रहपछि पनि काँग्रेसका सांसदले आसन ग्रहण नगरेपछि बैठक १० मिनेटका लागि स्थगित गरिएको थियो । 

त्यसपछि भने संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको विनियोजन विधेयक, २०७५ को विभिन्न शीर्षकमाथि जारी छलफलअन्तर्गत विभिन्न तीन मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल जारी छ । 

बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृहमन्त्रालयको विभिन्न शीर्षकमाथि छलफलमा सांसदहरुले आ–आफ्नो धारणा राखिरहेका छन् ।  

नेपाली काँग्रेसका सांसद देवप्रसाद तिमिल्सिनाले प्रभावशाली नेताहरुका क्षेत्रमा विकास गरेर मात्र मुलुकको समृद्ध हासिल नहुने भन्दै प्रदेश नं २ बजेट विनियोजन गर्दा पूर्वग्राही देखिएको आरोप लगाए । उनले तराईमा सिँचाइ र डुबानको समस्याबारे सरकारको ध्यानाकर्षण गराउँदै समयमै सम्बोधन गर्न आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ