arrow

सभापति कोइरालाको निधनको खबरले चीन स्तब्ध

logo
प्रकाशित २०७२ माघ २६ मंगलबार
china-flag-620x330.png.png
काठमाडौं। चीनले नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको असामयिक निधनको खबरले आफू स्तब्ध भएको बताएको छ । 
 
नेता कोइरालाको निधनमा गहिरो दुःख व्यक्त गर्दै चीन सरकारले आज उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापालाई शोक सन्देश पठाउँदै नेता कोइरालाका शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ । 
 
चिनियाँ विदेशमन्त्री वाङ् यीले परराष्ट्रमन्त्री थापालाई पठाएको सन्देशमा कोइरालाले पार्टी सभापति एवम् प्रधानमन्त्रीका रुपमा नेपाल–चीन सम्बन्ध सुदृढीकरणमा निर्वाह गरेर अतुलनीय योगदानको स्मरण गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ