arrow

धनकुटालाई राजधानी बनाउन तीनै तहमा अभियान

logo
प्रकाशित २०७५ असार ११ सोमबार
dhankuta-hq.JPG

 काठमाडौं । धनकुटालाई बचाउन तीनै तहमा अभियानलाई तिव्र रुपमा संचालन गर्ने धनकुटा बचाऔ अभियान समितिलेले सरोकारवालासंग सोमवार काठमाडौंमा  बैठक गरी निर्णय गरेको छ ।

धनकुटामा १ नम्वर प्रदेशको अस्थायी राजधानी नराख्ने निर्णय सँगैधनकुटाबाट सरकारी कार्यालयहरु स्थानान्तरण हुने, व्यापार व्यावसाय बन्द भई बसाइँसराइ तिव्र रुपमा बढ्दै गएकोले  धनकुटालाई बचाउनका लागि धनकुटा बचाऔ अभियान समितिका संयोजक विजय सन्तोषी राईको अध्यक्षतामा काठमाडौंमा सवै सरोकारवालासंग छलफल तथा बैठक गरी संघिय राजधानी काठमाडौंमा,प्रदेशको अस्थायी राजधानी विराटनगर र जिल्ला सदरमुकाम धनकुटा बजारमा तिव्र रुपमा अभियान संचालन गर्ने निर्णय गरेको हो ।
 
१ नम्वर प्रदेशको राजधानी धनकुटा बनाउन र  धनकुटाकामा तत्काल  प्रदेश प्रमुखको कार्यालय, १ नम्वर प्रदेश स्तरीय मेडिकल कजेल, इन्जिनियरिङ्ग कजेल, श्रम ,आन्तरिक राजश्व कार्यालय,यातायत र लोकसेवाको कार्यालय राख्नका लागी राजधानी काठमाडौंमा संघिय सरकार तथा राजनैतिक दलहरुलाई अनुरोधका साथ दवाव दिनका लागी अभियान  संचालन गर्ने निर्णय  गरेको छ ।
 
प्रदेशको स्थायी राजधानी धनकुटा बनाउन र धनकुटा औद्योगिक क्षेत्रमा प्रदेश स्तरीय औद्योगिक ग्राम , प्रदेश प्रमुखको कार्याल लगायत प्रदेश स्तरीय विभागहरु धनकुटामा राख्नका लागी दवावका साथ अनुरोध गर्न विराटनगर र धनकुटामा अभियान संचालन गर्ने निर्णय गरको अभियान समितिले जनाएको छ ।

धनकुटाबाट क्षेत्रिय स्तरको कार्यालयहरु १ नम्वर प्रदेशको अस्थायी मुकाम विराटनगरमा र जिल्ला स्तरीय कार्यालयहरु धनकुटा जिल्लाका सातवटै तहमा समायोजन भै गएकाले धनकुटा बजारमा दिन प्रतिदन बसाइँसराइ बढ्दै गएकाले चहल पहल कमहुदै गएको व्यापार व्यावास तथा उद्योग बन्द हुन थाले पछि धनकुटाका भविष्यनै खतरामा पर्न लागेकोले धनकुटालाई बचाउनका लागी केन्द्रिय तथा प्रदेश सरकार र राजनैतिक दल तथा सवै सरकारवालाको ध्यानर्कषण  गर्नका लागी तीनै तहमा अभियान तिव्र बनाउने निर्णय गरेको संयोजक विजय सन्तोषी राइले वताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ