arrow

प्रधानमन्त्री ओलीले संसदमा वक्तव्य दिँदै, यस्ता छन् मंगलबारका विषय

logo
प्रकाशित २०७५ असार १२ मंगलबार
sanghiya-samsad.png

काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले वक्तव्य दिँदैछन् । चीन भ्रमण सकेर आइतबार नेपाल फर्किएपछि सोमबार संसदलाई चीन भ्रमणबारे जानकारी दिने बताइए पनि अन्तिम समयमा आएर स्थगित भएको जानकारी दिइएको थियो । 

प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबारे प्रतिनिधिसभाको मंगलबारको बैठकमा जानकारी गराउने उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । यसअघि प्रधानमन्त्री ओलीले भ्रमणबारे सोमबार दिउँसो २ बजे जानकारी गराउने कार्यक्रम तय भए पनि प्राविधिक कारण स्थगित गरिएको उनको निजी सचिवालयले जनाएको छ । 

मंगलबार बिहान ११ बजे बस्ने संसदको संघीय संसदको बैठकको सुरुमै प्रधानमन्त्री ओलीले संवोधन गर्ने कार्यतालिका राखिएको संसद सचिवालयले जनाएको छ । 

अन्य कार्यक्रमहरु के के छन् ? 
१, संसदमा विनियोजन विधेयकमाथिको छलफल जारी रहेकाले त्यस सम्बन्धमा छलफल हुनेछ ।
२, विनियोजन विधेयक, २०७५ को विभिन्न शीर्षकहरुमाथि जारी छलफल अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरुमाथि छलफल जारी रहने ।

३, सांसद प्रेम सुवालले “विनियोजन विधेयक, २०७५ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।

४, सांसद दुर्गा पौडेलले “विनियोजन विधेयक, २०७५ अन्र्तगत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय शीर्षकको खर्च रकममा एक सय रुपैयाँ घटाइयोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।

५, सांसद डा मिनेन्द्र प्रसाद रिजालले “विनियोजन विधेयक, २०७५ अन्र्तगत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ