काठमाडौँ। नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई छिमेकी मुलुक चीनका राष्ट्रपति सी जिनपिङका तर्फबाट बधाई दिइएको छ । चिनियाँ राष्ट्रपतिका तर्फबाट नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताई भण्डारीको निवास बानेश्वर हाइट पुगी बधाई दिनुभएको हो ।
भण्डारीका स्वकीय सचिव नवराज गौतमका अनुसार राजदूत चुन्ताईले उहाँको कार्यकाल सफलताको बधाई दिनुभएको हो । रासस