arrow

स्वास्थ्य चौकीमा तालाबन्दी,  कर्मचारी नियुक्ति गर्दा प्रकिया मिचेको आरोप

logo
दीपेन्द्र बस्नेत
प्रकाशित २०७५ असार १२ मंगलबार
andolan1.jpg

 पुनर्वास । कञ्चनपुरको दक्षिणी भेग स्थित पुनर्वासको कालिका स्वास्थ्य चौकीमा  खोलिएको बिज्ञापन रद्द गर्दै नगरपालिकाले दुई जना कर्मचारीलाई नियुक्ति दिइ काममा खटाएपछि उक्त कदमको बिरोध गर्दै स्थानियले गरेको तालाबन्दी ३ घन्टा पश्चात् खोलिएको छ । 

गत चैतमा स्वास्थ्य चौकीमा अभाव रहेको १ जना अहेव र १ जना ल्याव असिस्टेन्टको पदमा खुला बिज्ञापन गरिएको भए पनि पुनर्वास नगरपालिकाले उक्त बिज्ञापन लाई रद्द गरि प्रक्रिया नपुर्याई कर्मचारी  नियुक्ति गर्दा आफना मान्छे भर्ना गर्ने कामको बिरोधमा  स्वस्थ्य  चौकीमा मा  तालाबन्दी गरिएको थियो  ।

आक्रोशित स्थानियले स्वास्थ्य चौकीमा गरेको तालाबन्दी इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी  निरीक्षक कर्णबहादुर  बमको नेतृत्वमा आएको सुरक्षाकर्मीको टोलिले बन्दकर्तासंग समन्वयन  गरी अस्पताल  जस्तो  समवेदनशील ठाउँ  यसरी  बन्द  गर्न  नहुने बरु प्रचलित नियम कानुन आनुसार समस्याको  समाधान गर्नुपर्ने भन्दै  बन्दकर्ता लाई  सुझाएपछि ताला  खोलिएको  हो ।

बन्दकर्ताले भने प्रक्रिया बिपरित नगरपालिकाले आफनो मनोमानी बिज्ञापन नगरी कर्मचारी भर्ना  गरेको आरोप लगाएका छन् । स्वास्थ्य समन्वयन समितिले आफ्नो नजिकको मान्छे भर्ना गर्नका लागी बिज्ञापन नै नगरी कर्मचारी  नियुक्ति गरिएकोले आफुहरु माथि अन्याय भएको भन्दै  स्थानिय रोमी तामाङले आक्रोश व्यक्त गरेकी छिन्  ।

गत चैत्र मसान्तमा  १ ल्याब र १  अहेव को दरबन्दी  खुल्ला रहेकोमा प्रतिस्पर्धा गर्न दरखास्त  आहवान  गरिएको थियो । सो दरबन्दीमा ल्याबतर्फ ६ जना र अहेवमा ६ जना गरी १२ जनाले दरखास्त  दिएका  थिए । तर नगरपालिकाले बिविध  प्राविधिक कारण देखाउँदै  उक्त  दरबन्दी  रद्द  गरेको थियो । तर आषाढ  पहिलो  साता  २ जना कर्मचारी  यस स्वनस्थ  चौकीमा  एक्कासी खटाएपछि स्थानीय  निवेदकहरु  आक्रोसित  बनेका छन्  ।

सो रिक्त  रहेको  अस्पतालको ल्याब र अहेवमा समितिको निर्णय आनुसार  दैनिक ज्यालादारीमा दुई  जनालाई अस्थाई  रुपमा  राखेको  कालिका स्वनस्थ्य चौकी प्रमुख  जयबन्धु अर्यालले  बताए । 

स्थानीयहरुले भने निर्णय  तुरुन्त  नसच्याए थप आन्दोलन  गर्ने स्थानिय  महेन्द्रा चौधरीले बताइन् । पावर  छ भन्दैमा अस्पताल जस्तो  सम्बेदनशील  ठाउँमा मनोमानी  प्रतिस्पर्धा नै नगराई पठाउने काम तुरुन्त  रोक्नु पर्छ  । नगरपालिका र सरोकारवाला निकाय मा बारम्बार यस बिषयमा  ताकेता गर्दा पनि सुनुवाइ नभएपछि  तालाबन्दी  गर्न  बाध्य भएको स्थानिय धन मायाले बताइन् । 

यस बिषयमा पहल गरिदिन अनुरोध  गर्दै सो कुराको सुनुवाई  नभए बिरोध र चर्को  आन्दोलन गर्ने  चेतावनी  प्रशासनलाई उनीहरुले दिएका छन् । 
  
स्थानीय निकायमा  कर्मचारी  भर्ना  गर्दा  प्रकियाबद्ध  र नियमसम्बद्ध निष्पक्ष ढंगबाट हुन जरुरी  छ र यसतर्फ  सम्बन्धित  सरोकारवालाको ध्यान जानु जरुरी देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ