arrow

'राष्ट्रपतिको बानेश्वर आगमन श्रीपेच विनाको राजाको जस्तो'

राजा, महाराजा कै युग सुरु भयो

logo
प्रकाशित २०७५ असार १२ मंगलबार
rastrapati.JPG

काठमाडौँ । प्रतिनिधिसभा  बुधबारको  बैठकमा सांसद प्रेम सुवालले राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपति कार्यालयको विभिन्न  शीर्षक, २०७५ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालय शीर्षकको खर्च रकमलाई घटाइ रु एक गरियोस् भनी खर्च कटौतीको प्रस्ताव गरेका छन‍्।

 उनले राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपति कार्यालय बारे टिप्पणी गर्दै भने  ' राष्ट्रपति तथा उपपराष्ट्रपति बजेट निति तथा कार्यक्रममा बानेश्वर आउँदा  श्रीपेच विनाको राजाको जस्तो भयो भन्ने जनताले गुनासो गरेका छन्। डेढ घण्टा बाटो जाम हुने, लाखौ मानिस सडकमै अलपत्र भएर वस्नुपर्ने ।   यो त राणा र राजा महाराजा कै युग सुरु भयो भनेर  जनताबाट विरोध आएको छ ।'

साथै उनले राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपति कार्यालयले गर्नुपर्ने व्यक्तिलाई समेत सम्मान नगरेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ