arrow

जाजरकोट काँग्रेसमा शाह पुनः निर्वाचित

logo
राजन कार्की।
प्रकाशित २०७२ माघ २७ बुधबार
13th-congress.png.png.png
जाजरकोट। नेपाली काँग्रेस जाजरकोटको सभापतिमा पुनः दीपक जंग शाह विजयी भएका छन्। नेपाली काँगे्रसको १३ औं महाधिवेसनका क्रममा सोमवार सदरमुकाम खलंगामा सम्पन्न निर्वाचनमा वेदराज सिहलाई पराजित गदै शाह निर्वाचित भएका हुन्। सभापति शाहले १ सय ५८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्दी सिहले १ सय ५२ मत प्राप्त गरेका छन्।
 
सभापतिमा निर्वाचित शाह १२ औ महाधिवेशनमा देउवालाई सहयोग गरेपनि यस पटक कसलाई सहयोग गर्ने भन्ने टुगोंमा पुगिनसकेको बताउँछन्। त्यस्तै सचिवमा खडग बहादुर बुढा र कोषाध्यक्ष तेज विक्रम शाह निर्वाचित भएका छन्। यी दुवै सिंह प्यानलका हुन्। त्यस्तै क्षेत्र नं १ बाट जिल्ला कार्यसमिति सदस्यहरुमा निमबहादुर शाही, लिलाबहादुर शाह, चित्र प्रसाद शर्मा, टोपबहादुर पन्त र शुरेश कार्की निर्वाचित भएका छन् समावेशी अन्र्तगतका महिला तर्फ सरीता सिह र धनसरा सिह शाही, जनजाती तर्फ भुमिलाल रोकाय, दलिततर्फ नैने कामी र अल्पसंख्यकतर्फ भक्तेवादी निर्वाचित भएका छन्। 
 
त्यस्तै क्षेत्र नं २ मा जिल्ला कार्यासमितिको खुला सदस्यमा सर्पराज रावत, हरिश्चन्द्र बस्नेत, हरिचन्द्र उपाध्याय, जनक बहादुर शाह र तप्तबहादुर निर्वाचित भएका छन्। महिला सदस्यमा लाली आरसी र गिता कुमारी शाही, अल्पसंख्यकमा जनक बुढा, जनजातीमा गञ्जे पुन निर्वाचित भएको निर्वाचन अधिकृत ज्ञानेन्द्र रावलले बताए।
 
उनका अनुसार, महासमिति सदस्यहरुमा सनतकुमार कार्की, मुक्ति प्रसाद आचार्य, विनवहादुर सिंह, कमल चन्द, राजीवविक्रम शाह, रत्नवहादुर अधिकारी, जनक वादी, रत्नवहादुर खड्का, गिता शाही र मैना कार्की रावल निर्वाचित भएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ