arrow

जुँगे झाँक्रीको भूत सार्वजनिक

logo
प्रकाशित २०७५ असार १४ बिहिबार
36319830_132936647595349_4540743165971267584_n.jpg

धादिङ । पत्रकार तथा साहित्यकार केशव दुवाडीको बालकथा संग्रह जुँगे झाँक्रीको भूत सार्वजनिकभएको छ । धादिङवेसीमाभएको एक कार्यक्रममा दुवाडीको कथासंग्रहको विमोचन भएको हो ।

जिल्ला समन्वय समितिधादिङकाप्रमुखजगन्नाथ नेपाल र प्रमुखजिल्लाअधिकारी भागिरथ पाण्डेले उक्तकथासंग्रहको संयुक्त रुपमा विमोचन गरेका थिए । ९ वटा कथा समावेश भएको बालकथा संग्रह ‘जुँगे झाँक्रीको भूत’काविषयमाधादिङकाअग्रज साहित्यकार बद्रीप्रसाद दाहालले टिप्पणी गरे। कथा संग्रहमा समावेश भएका कथाबाट सामाजिक सन्देशका साथसाथै भरपुर मनोरञ्जन पनिपाउन सकिने सो अवसरमादाहालले टिप्पणि गरे।

 उनले साहित्यको क्षेत्रमा अग्रसर दुवाडीका कथाहरु रोचकतथामनन योग्य रहेको बताउँदै सबै उमेर समुहकालागि पठनीय सामाग्रीले भरिपूर्ण रहेको उल्लेख गरे । छोटो समयमाप्रकाशित कृतिकाबारेमा टिप्पणि गर्नुज्यादै जटिलकामभएको बताउँदै साहित्यकार दाहालले कथा सरल, र छोटो मिठो रहेको बताए  । मुलतः यो पुस्तकबालबालिकाहरुकालागिअतिउपयोगीहुने समेत उनले टिप्पणी गरे।

यसैविच पुस्तकका बारेमा बोल्दै कथाकार केशव दुवाडीले बालअधिकार र संरक्षणको क्षेत्रमाकामगर्ने क्रममा बाल साहित्यप्रतिपनि रुची बढ्दै गएको र सोहीक्रममा लेखिएका कथाहरु त्यतिवेला विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका र सोही फुटकर कथाहरुको एकिकृत रुपबाट पुस्तक तयार भएको बताए । त्यति वेलाकथाका अंशहरु विभिन्न पत्रपत्रिका प्रकाशित हुँदा शुभेच्छुकहरुले यसलाई पुस्तक संग्रहको रुपमा प्रकाशित गर्न दिएको  सुझावबाट आज पुस्तकतयार भएको उनले कार्यक्रममा बताए ।
 
४० पृष्ठको कथासंग्रहमा ९ वटा कथा समावेश गरिएको छ । आवाजअभियान नेपाल नीलकण्ठ नगरपालिकाधादिङले प्रकाशन गरेको कथा संग्रहको भूमिका नेपालबाल साहित्य समाजका उपाध्यक्ष डा.शैलेन्दुप्रकाश नेपालले लेखेका छन् ।  नेत्रावती छापाखाना गल्छी धादिङले प्रकाशन गरेको पुस्तकको मुल्य १०० रुपैँया छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ