arrow

सागमा नेपालको पदक संख्या २६, तीन राष्ट्रलाई उछिन्दै पाँचौ स्थानमा (अपडेट)

logo
प्रकाशित २०७२ माघ २७ बुधबार
nepal-teem.jpg.jpeg
काठमाडौं । भारतमा जारी १२ औं दक्षिण एसियाली खेलकुद सागको छैठौं दिन सम्म नेपालले १ स्वर्ण सहित २६ पदक जितेको छ । नेपालले बुधबार थप ५ रजत पदक जितेको पछी पदक संख्या २६ पुगेको हो । नेपालका लागि उसुका हरिप्रसाद गोले र सविता राईले रजत पदक जिते । पदक तालिकाको पाँचौ स्थानमा रहेको नेपालले १ स्वर्ण, १० रजत र १५ कास्यसहित कूल २५ पदक जित्यो । सस्तै,  उसुको सान्सौतर्फ ५२ केजी तौल समूहमा झरना गुरुङ, ६० केजी तौल समूहमा जुनीराई र ७० केजी तौल समुहमा विन्दु पुनमगरले रजत जिते । 
 
प्रतियोगिताको पाँचौ दिन मंगलबार नेपालले एक रजत र सात कास्य पदक जितेको थियो । नेपाल स्वर्ण विहिन तीन राष्ट्रमाथि पाँचौ स्थामा छ । शीर्ष स्थानको आयोजक भारतले ८० स्वर्ण हात पारिसक्दा अफगानिस्तान, भुटान र माल्दिभ्स स्वर्णविहिन छन् ।  
उसु
नेपालका विश्व बुढा मगरले उसुमा मंगलबार रजत जिते पुरुष वेपन्स अलराउन्डमा कूल १७.७६ अंक जोड्दै विश्वले उसुमा नेपाललाई चौथो रजत दिलाए । विश्वले कुन्सुमा ९.०१ अंक जोडे । अघिल्लो दिन विश्वले ताउसुमा ८.७५ अंक जोडेका थिए । भारतका चिराग शर्माले पहिलो भए । 
थाइचीको महिलातर्फ सविता राई पनि दोश्रो स्थानमा छन् । सविताले ९.१५ स्कोर गरिन् । सविताले पनि ताइची चेनमा प्रदर्शन गर्न बाँकी छ । सान्सौंको पुरुष ५६ केजीमा राजेश चौधरी फाइनलमा पुगेका छन् । उनले श्रीलंकाका खेलाडीलाई सेमिफाइनलमा २–० ले पराजित गरे ।
 
उपाधिका लागि राजेशले भारतका खेलाडी विरुद्ध खेल्ने छन् । पुरुष ६५ केजीमा सरोज पुनले कांस्य पक्का गरे । उसुमै अब १ स्वर्णपदकको टुंगो लाग्न बाँकी छ ।  उसु बुधबार सकिने छ । 
 
आर्चरी
आर्चरीको रिकर्भ स्पर्धाअन्तर्गत व्यक्तिगत स्पर्धामा नेपालका प्रेमप्रसाद पुनले मंगलबार कांस्य जिते । सिलोङमा तेश्रो स्थानका लागि भएको खेलमा प्रेमले श्रीलंकाका खेलाडीलाई ६–० ले हराए । प्रेमले ७० मिटर दूरीमा प्रतिस्पर्धा गरेका थिए । नेपाल आर्चरी संघका अनुसार श्रीलंकामा भएको १० औं संस्करणदेखि सागमा पहिलो पटक समावेश भएको  आर्चरीमा नेपालले व्यक्तिगत स्पर्धामा पदक जितेको यो पहिलो अवसर हो ।
 
ब्याडमिन्टन
नेपालकी नङ्शल तामाङले ब्याडमिन्टनको महिला सिंगल्समा मंगलबार सेमिफाइनलमा  कांस्य पक्का गरेकी छन् । सिलोङमा भएको खेलमा नङ्शलले बंगलादेशकी राहनालाई २१–१० र २१–१३ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरिन् । सेमिफाइनलमा पुगेसंगै नङ्शलको कम्तीमा कांस्य पदक सुरक्षित भएको छ । राहनालाई हराउनुअघि नङ्शलले माल्दिभ्सकी खेलाडीलाई २१–९ र २१–१३ को सीधा सेटमा पाखा लगाएकी थिइन् । सिंगल्समा १६ खेलाडी सहभागी छन् ।
 
टेबलटेनिस 
सागअन्तर्गत टेबलटेनिसको महिला डबल्समा नेपाली जोडी नविता श्रेष्ठ र एलिना महर्जन मंगलबार पराजित भएका छन् । उक्त जोडी भारतीय जोडीसंग सेमिफाइनलमा ११–५, ११–६ र ११–७ ले पछि रहयो । पराजयसंगै नेपाल कांस्यमा सीमित भयो । यसअघि नेपाली जोडीले पाकिस्तानी जोडीलाई ३–१ ले हराउदै सेमिफाइनल पुगेको थियो ।
 
यसैबीच, पौडीमा सोफिया शाहको राष्ट्रिय कीर्तिमान भंङ्ग गर्दै गौरिका सिंहले व्यक्तिगत तेस्रो कास्य हात पारिन् । भारोत्तोलनतर्फ तारादेवी पुनले ७५ केजी स्पर्धामा कांस्य पदक पाइन् । मंगलबार भलिबलमा नेपाली महिला टिमले माल्दिभ्सलाई हराएर कास्य पदक जित्यो । त्यस्तै खो खो मा पनि नेपालले दुई कास्य पदक जितेको छ । पहिलोपल्ट सागमा समावेश यो खेलमा नेपालले पुरुष र महिला दुवैमा कास्य हासिल गरेको हो ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ