arrow

अनन्त भेटमा प्रचण्ड ‘मुस्कुराहट’

logo
प्रकाशित २०७२ माघ २७ बुधबार
bher-prc-&-ananta.jpg.jpeg
काठमाडौं । एकिकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले थाइल्याण्डमा उपचार गराई स्वदेश फर्केका पार्टी सचिव वर्षमान पुनसंग भेट गरी स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् ।  बिहान अध्यक्ष पुन निवास पुगेका हुन् । दाहाल पुन सन्चो भएकामा मुस्कुराए । सचिव पुन मंगलबार साँझ मात्रै स्वदेश फर्केका हुन् । साँझ फर्केका उनी कांग्रेस सभापति सुशील कोइरालालाई श्रद्धान्जली दिन दशरथ रंगशाला पुगेका थिए । 
 
जन्डिसको उपचारका क्रममा पुन करिब दुई महिना उपचारपछि स्वदेश फर्किएका हुन् । जन्डिस बढ्दै गएपछि फोक्सोमा संक्रमण भएको भन्दै चिकित्सकले उनलाई निकै निगरानीमा राखेका थिए । स्वास्थ्यस्थिति जटिल बनेपछि दिल्लीको मेदान्त अस्पतालमा लामो समय उपचार गरेका पुन २१ मंसिरमा बैंककस्थित समितिभेज अस्पताल भर्ना भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ