arrow

विदेशीसँगै पोखरेलीले मनाए रोपाई महोत्सव

logo
सरिता तिम्सीना पगेनी,
प्रकाशित २०७५ असार १५ शुक्रबार
pokhara3.jpg

पोखरा । पोखरा पर्यटन परिषदले पोखरामा आयोजना गरेको रोपाई महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटक रमाए । पोखराको पर्यटकीय क्षेत्र पामेमा गरिएको महोत्सवमा दहि चिउराको स्वाद लिदै असारे भाखामा पर्यटक रमाएका हुन्।

पोखरा पर्यटन परिषदले बिगत १५ बर्षदेखि पोखराका विभिन्न ठाउमा रोपाई महोत्सब गर्दै आएको छ।पर्यटन प्रबर्द्धन गर्ने उदेश्यले रोपाई महोत्सब आयोजना गरिएको परिषदका अध्यक्ष केदारनाथ शर्माले बताए।

पर्यटकलाई लक्षित गरि पर्यटन व्यवसायीहरुले पञ्चेवाजा बजाएर पर्यटकलाई नचाएका थिए। साथमा पर्यटकहरुलाई खेतको हिलोमा विभिन्न खेल समेत खेलाएका थिए। दुई समुह बनाएर डोरी तान्ने, हिले दौड प्रतियोगिता कार्यक्रमका आकर्षण थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ