arrow

आईएमई लिमिटेड पनि अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा

logo
प्रकाशित २०७२ माघ २७ बुधबार
ime-clearing-house.jpg.jpeg
काठमाडौं । बैंक वित्तीय संस्थाहरुलाई अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध गराउदै आएको नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले रेमिटेन्स कम्पनी आईएमई लिमिटेडसंग अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सेवा सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेको छ । यस सम्झौता पत्रमा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत श्री नीलेश मान सिंह प्रधानज्यू र आईएमई लिमिटेडका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत श्री सुमन पोखरेलज्यूूले हस्ताक्षर गर्नुभएको छ । यस सम्झौता अनुसार नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले उक्त रेमिटेन्स कम्पनीलाई अप्रत्यक्ष सदस्यको रुपमा अन्तर बैंक विद्युतीय भुक्तानी सेवा संचालनको लागि अन्तर बैंक विद्युतीय प्रणाली उपलब्ध गराउने छ । 
 
रेमिटेन्स कम्पनीहरुले अन्तर बैंक विद्युतीय प्रणाली मार्पmत कम्पनीसंग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाका कुनै पनि खातामा सिधा भुक्तानी दिन रेमिटेन्स र ग्राहकको रकम स्थानान्तरण जस्ता कारोबारहरु पूर्णरुपमा संचालन गर्न सक्नेछन् । उक्त प्रणाली मार्पmत हुने कारोबार पारदर्शी हुने, अधिकतम संख्यामा हुने कारोबारहरु पनि सहजै गर्न सकिने, जोखिम न्यूनिकरण हुने लगायत अन्तराष्ट्रिय स्तरको प्रविधिमा आधारित आधुनिक भुक्तानी सेवाहरु समेत ग्राहकलाई प्रदान गर्न सकिने छ । यस अघि ३५ बैंक तथा वित्तीय संस्था र १ रेमिट कम्पनी उक्त प्रणालीमा आवद्ध भइसकेकाछन् ।
 
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले हाल संचालन गदैं आएको अन्तर बैंक विद्युतीय सेवा मार्फत आफ्ना १२५ सदस्य बैंक तथा वित्तीय संस्थाहरुका २,६४० शाखाहरुबाट खिचिएका चेकहरु राफसाफ गराउदै आएकोमा कम्पनीको उद्देश्य बमोजिम अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली अन्तर बैंक विद्युतीय सेवा संचालनमा ल्याउनको लागी आउने दिनहरुमा अन्य बैंक वित्तीय संस्थाहरु लगायतका अन्य संस्थाहरुलाई पनि यस प्रणालीमा आवद्ध गराएर यस प्रणालीको संजाल निरन्तर रुपमा बढाउदै लग्ने कम्पनीले लक्ष्य लिएको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ