arrow

नेपाल आएकी बलिउड अभिनेत्री जुहि मुख थुनेरै फर्किइन्

logo
प्रकाशित २०७५ असार १६ शनिबार
juhichawala.JPG

काठमाडौं ।  बलिउड अभिनेत्री जुहि चावला काठमाडौंबाट खराव अनुभुति लिएर फर्किएकी छिन। जुहि केहि दिन अगाडि परिवारसँग नेपाल घुम्न आएकी थिइन् ।

आफुसँगै घुम्न आएका पाँच जना महिलाको तस्विर उनले शनिबार दिउँसो ट्विटरमा सार्वजनीक गरेकि थिइन् । सो ट्विटमा उनले होटलबाट एयरपोर्ट जाने क्रममा ट्याक्सि पर्खिएको बेलाको तितो अनुभुती सेयर गरेकी छन् ।

मोदीको नेपाल भ्रमणपछि नेपाल आउने भारतीय पर्यटकको संख्या बढेको छ । पशुपतिनाथ लगायत अन्य धार्मीक क्षेत्रको भ्रमणमा भारतीय हिन्दुहरु नेपाल आउन मन पराउछन् । तर पछिल्लो समयमा नेपालको काठमाडौंमा अव्यवस्थित रुपमा भइरहेका पूर्वधार निर्माण र अव्वस्थित ट्राफिकका कारण नेपाल घुम्न आउने पर्यटकहरु नेपालको बारेमा खराब मनस्थिति बनाएर फर्कि रहेका छन् । त्यसको उदाहरण जुहिको टिमले नाक  थुनेको तस्विर भएको छ ।

जुहिले आफुहरुले केहि समय ट्याक्सि कुर्दा समेत धुलो, धुवाँका कारण असहजिलो महसुस गरेको बताइन् । काठमाडौंको हावामा धुलो डिजेल र पेट्रोलको धुवाँले भरीएका कारण आफुहरुले अनुहार छोप्नु परेको जुन काठमाडौंवासीले हरेक दिन भोग्दै आएको उनले बताइन् । काठमाडौंवासीले घुमफिर र काममा निस्कदा सर्जीकल माक्स लगाएर हिड्ने गरेको समेत ट्विटमा लेखेकी छन् ।

धेरै फ्यान फलोअर भएकी जुहिले नेपाल बसाइका अन्य तस्विर पोस्ट नगरेपनि नेपालबाट फर्किएपछि गरेको सो ट्विटले काठमाडौंको हावाको गुणस्तरको बारेमा प्रश्न उठाउदै गर्दा यसले नेपालको पर्यटन क्षेत्रलाई समेत नकारात्मक असर पार्ने देखिएको छ । पर्यटक बढाउने नाममा विभिन्न गतिविधिमा सरकार उद्यत भएता पनि पूर्वाधार निर्माणमा  न्यूनतम मापदण्ड नअपनाउदा पर्यटकहरुले व्यहोरेको नकरात्मक अनुभुति प्रचार-प्रसार हुदाँ त्यसको पर्यटन क्षेत्रमा पर्न नकारात्मक प्रभावका बारेमा सरकार तथा पर्यटन मन्त्रालय बेखबर देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ