arrow

कोइरालाको शव यात्रा सुरु; शवयात्रा मार्गमा हजारौको सहभागिता

logo
प्रकाशित २०७२ माघ २७ बुधबार
काठमाडौँ। नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको अन्त्येष्टिका लागि दशरथ रङ्गशालाबाट अहिले शवयात्रा सुरु गरिएको छ । 
 
दशरथ रङ्गशालाबाट नेपाली सेनाको लु १. ग १४५ नम्बरको भ्यानमा कोइरालाको पार्थिव शरीरलाई राखी शवयात्रा सुरु गरिएको हो । शवयात्रा सुरु हुँदा राष्टिय गीतको धुन बजाइएको थियो । 
 
शवयात्रा थापाथली, सिँहदरबार, पुतलीसडक, कृष्ण पाउरोटी, कमलपोखरी, ज्ञानेश्वर, कालोपुल, गौशाला हुँदै पशुपति आर्यघाट पुर्‍याइनेछ । 
 
शवयात्रामा नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय प्रकाशमान सिँह र कृष्ण सिटौलागायत पार्टीका नेता तथा कार्यकर्ता, स्व कोइरालाका भाइ अशोक कोइराला, भतिजाद्वय अतुल कोइराला र सुदाम्सु कोइराला, शुभचिन्तक तथा सर्वासाधरणको उल्लेखनीय उपस्थिति रहेको छ । 
 
मङ्गलबार बिहान १२:५० बजे निधन हुनुभएका कोइरालालाई सरकारले राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने मङ्गलबार नै निर्णय गरेको थियो । उहाँको अन्त्येष्टि राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार नै गरिनेछ । 
 
काँग्रेस केन्द्रीय समितिको निर्णय बमोजिम कोइरालाको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि मङ्गलबार पार्टी कार्यालय हुँदै मध्याह्न १२ बजेदेखि दशरथ रङ्गशालामा राखिएको थियो । आज अपराह्न २ बजेपछि रङ्गशालाबाट शवयात्रा गरी आर्यघाटमा अन्त्येष्टि गरिने पार्टीको तयारी थियो । 
 
कोइरालाको दाहसंस्कार पार्टीले हालै आर्यघाटमा सञ्चालनमा आएको विद्युत् शवदाह गृहमा गरिने जनाए पनि परिवारजनको इच्छाअनुसार हिन्दू परम्पराअनुसार नै दाहसंस्कार गरिने छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ