arrow

चिकित्सा शिक्षा विधेयक नियम निलम्वन गरेरै पारित गर्ने तयारी 

logo
प्रकाशित २०७५ असार १७ आइतबार
medical_collage.JPG

काठमाडौं । प्रा डा गोविन्द केसी काठमाडौं छाडेर जुम्लाबाट आमरण अनसन थालेपछि झनै बढी अताल्लिएको सरकारले अब नियम नै निलम्बन गरेर बहुचर्चित ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ पारित गर्ने तयारी गरेको छ । 

आइतबार बस्ने संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठकमा उक्त विधेयक पेश गर्ने तयारी भएको संसद सचिवालयले जनाएको छ । संसदमा दर्ता भएको विधेयक शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आइतबारको बैठकमा पेश गर्ने भएका हुन् । 

बिहान ११ बजे बस्ने संसदको बैठकमा नियम निलम्बन गरेर विधेयकलाई आइतबार नै पास गर्ने तयारी भएको स्रोतले बताएको छ ।

चिकित्सा शिक्षा अध्यादेश प्रतिस्थापन गर्नका लागि ल्याइएको विधेयकमा अध्यादेशमा भएका प्रमुख व्यवस्थाहरु नै परिवर्तन गर्ने प्रस्ताव गरिएको छ । 

नयाँ विधेयकमा मेडिकल कलेजलाई सहजै सम्बन्धन दिन सकिने, काठमाडौं उपत्यकामा समेत मेडिकल कलेज खोल्न पाइने, आफ्नै अस्पताल नभए पनि कलेज खोल्न आशयपत्र दिन सकिने, सार्वजनिक कलेजमा ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था हटाइने लगायतका व्यवस्था गरिएको छ । 

विधेयकमा परिवर्तन गरिएका व्यवस्थाहरु व्यापारीमुखी भएको भन्दै डा केसीले शनिबारदेखि जुम्लामा अनसन ालेका छन् । उनको अनसनमा प्रहरी प्रशासनले ठाडो हस्तक्षेपसमेत गरेको थियो । 


डा केसीसँग विगतमा भएका सहमति, माथेमा आयोगको सुझाव र अध्यादेशको व्यवस्था विपरितका व्यवस्था विधेयकमा गरिएको भन्दै डा केसी समर्थित चिकित्सकहरुले पनि आपत्ति जनाएका छन् । 

एउटा विश्वविद्यालयले ५ भन्दा बढी कलेजलाई सम्बन्धन दिन नपाउने, अस्पताल तीन वर्ष पूर्ण रूपमा सञ्चालन भएको हुनुपर्ने, काठमाडौं उपत्यकामा १० वर्षसम्म सम्बन्धन नदिने अध्यादेशमा भएको प्रावधान हटाएर सरकारले प्रतिस्थापन विधेयक संसदमा दर्ता गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ