arrow

विश्व समुदायलाई एकता र धैर्यताको सन्देश छोड्दै छुट्टीए सुशील ‘दा’

logo
प्रकाशित २०७२ माघ २७ बुधबार
काठमाडौं । मंगलबार बिहान असामयिक निधन भएका कांग्रेस सभापति तथा पूर्व प्रधाजमन्त्री सुशील कोइरालाको शव यात्रा जारी छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालाबाट सुरु भएको शवयात्रा थापथली, माइतीघर, पुतलीसडक हुँदै कमलपोखरी पुगेको छ । यस्तै, ज्ञानेश्वर, रातोपुल, गौशाला हुँदै पशुपति आर्यघाट पुग्ने छ ।
 
मंगलबार विहान १२ः५० बजे ७८ बर्षको उमेरमा निधन भएका सभापति कोइरालाको पार्थिव शरीर निवासबाट पार्टी केन्द्रीय कार्यालय र पछी त्रिपुरेश्वर स्थित दशरथ संगशालामा राखियो । मंगलबार रातभर रंगशालामै राखिएको पार्थिव शरीर पशुपती आर्यघाट पुगेपछी हिन्दु पराम्परानुसार अन्तिम संस्कार हुनेछ । कोइरालालाई भतिजा अतुल कोइरालाले दाग बत्ति दिने छन् । ६ दशकको अथक राजनीतिक संघर्षपछी कोइरालाले वीपीको संविधानसभाबाट संविधान जारी गर्ने सपना पुरा गरे । काइरालाले त्यति मात्र होइन शिखर पुरुष गिरिजाप्रसाद कोइरालाले गर्न नसकेको छिमेकीलाई एकै ठाउँमा उभ्याएर हात र काँध मिलाउने अकल्पनिय कार्य गरे ।
 
काठमाडौंमा भएको १८औं शिखर सम्मेलनमा कोइरालाले अध्यक्ष राष्ट्रकोतर्फबाट अकल्पनिय कार्य गरे । ता कि उनले गरेको कार्यको अन्तर्राष्ट्रिय स्तर र विश्व समुदायमाझ निकै तारिफ भयो । कोइरालाले निकै तिक्त सम्बन्ध भएका पाकिस्तानी प्रधानमन्त्री र भारतीय प्रधानमन्त्रीलाई हात र काँध मिलाउने माहोल सिर्जना गरे । कोइरालाले सोही सम्मेलनमार्फत दक्षिण एसिया एक भएको सन्देश विश्व शक्ति राष्ट्र सामु दिए ।
 
जसकै कारण मोदीले कोइरालाको पार्थिव शरीलाई अन्तिम श्रद्धाञ्जली दिन विदेशमन्त्री र सुरक्षा सल्लाहकारलाई तत्काल नेपाल दौडाए । सोही अर्थ कोइरालालाई विश्व समुदायले सम्झिरहेको छ । संक्रमणकालिन राजनीतिक परिस्थितिलाई चिरेर कोइरालाले विश्व समुदायलाई नेतृत्व कुशलताको सन्देश छोडेर गएका छन् । सुशील कोइरालाले जीवनको अन्तिम सयम सम्म पार्टी एकता, राष्ट्र एकता, विश्व एकतालाई सम्झदै मृत्यु वरण गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ