arrow

गोविन्द केसीको बारेमा सरकारी धारणा माग

logo
प्रकाशित २०७५ असार १८ सोमबार
samsad4.JPG

काठमाडौं । नेपाली काँग्रेसका सांसद दिलेन्द्र प्रसाद बढूले प्रा डा गोविन्द केसीका बारेमा सरकारको स्पष्ट धारणा माग गरेका छन् । 

केसीले चिकित्सा शिक्षा र मोफसलमा पनि सर्वसाधारणका लागि सर्वसुलभ उपचार सेवाको माग गरिहँदा अहिलेको वर्तमान समाजवाद उन्मुख सरकार असहमत हुनु पर्ने स्पष्ट कारण बढूले प्रतिनिधिसभाको बैठकमा माग गरेका हुन् । 

बढूले काँग्रेस नेतृत्वको सरकारका बेलामा ल्याइएको अध्यादेश अनुरुपको विधेयक संसदमा यथासिघ्र पेश गरी डा केसीको अनसनलाई पनि सम्वोधन गर्न माग गरेका छन् । 

डा केसी १५ औं पटक आमरण अनसनमा बसिरहेका छन् । पहिलो पटक उनी मोफसलमा जुम्लामा गई गत शनिबारदेखि अनसनरत छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ