arrow

कांग्रेस सभापति कोइरालाको केहीबेरमा अन्त्येष्टि गरिँदै

logo
प्रकाशित २०७२ माघ २७ बुधबार
Aaryeghat.jpg.jpeg
काठमाडौं । कांग्रेस सभापति तथा पूर्व प्रधाजमन्त्री सुशील कोइरालाको शव यात्रा पशुपती आर्यघाट पुगेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालाबाट सुरु भएको शवयात्रा थापथली, माइतीघर, पुतलीसडक, कमलपोखरी, ज्ञानेश्वर, रातोपुल, हुँदै  पशुपती आर्यघाट पुगेको हो । 
 
कोइरालाको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धान्जली दिइएको छ । दाह संस्कारमा उपस्थित विभिन्न व्यक्तिहरुले कोइरालालाई अन्तिम श्रद्धान्जली दिइरहेका छन् । राष्ट्रिय सम्मानका लागि नेपाली सेनाको टुकडी तयार भएको छ ।  पशुपती आर्यघाटमा कोइरालालाई अन्तिम श्रद्धान्जली दिन पूर्व प्रधानमन्त्रीहरु, सरकारका मन्त्रीहरु, कांग्रेस नेताहरु, विभिन्न देशका राजदूतहरु, कुटनीतिक नियोकका पदाधिकारीहरु लगायत बाक्लो रुपमा नागरिकहरु उपस्थित भएका छन् ।
 
अन्तिम दाह संस्कारको तयारी भइसकेको छ । कोइलाप्रति सम्मान प्रकट गर्न सेनाको टुकडी, सशस्त्र, नेपाल प्रहरीको टोली उपस्थित छ । कोइरालालाई नेपाली सेनाले सलामी अर्पण गर्ने छ । सरकारले गरेको निर्णय अनुसार राजकिय सम्मानका साथ कोइरालाको अन्त्येष्टी हुनेछ ।मंगलबार विहान १२ः५० बजे ७८ बर्षको उमेरमा निधन भएका सभापति कोइरालाको पार्थिव शरीर निवासबाट पार्टी केन्द्रीय कार्यालय र पछी त्रिपुरेश्वर स्थित दशरथ संगशालामा राखिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ