काठमाडौं । कांग्रेस सभापति तथा कांग्रेस सभापति सुशील कोइरालाको केहीबेरमा अन्त्येष्टी हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले काेइरालालाई राष्ट्रिय झण्डा ओढाएर सम्मानसहित अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् । प्रधानमन्त्री ओली कोइरालालाई अन्तिम श्रद्धान्जली दिन पशुपति आर्यघाट पुगेका हुन् । पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, लोकेन्द्रबहादुर चन्दले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् । पशुपती आर्यघाट पुगेका कांग्रेस नेताहरु, सरकारका मन्त्रीहरु, विभिन्न देशका राजदूतहरु, सुभेच्छुहरुले कोइरालालाई अन्तिम श्रद्धान्जली दिइरहेका छन् । आर्यघाट भाव वीह्वल भएको छ । उपस्थित सबै मलिन मुद्रामा छन् । सुरक्षा निकायका प्रमुखहरुले कोइरालालाई अन्तिम श्रद्धान्जली दिएका छन् । सेनाको टुकडी राष्ट्रिय सम्मानका लागि तयार भएर बसेको छ । राजकिय सम्मानका साथ कोइरालाको अन्त्येष्टी गरिँदै छ । कोइरालाका भतिजा अतुल कोइराला र सुधांशु कोइरालाले दागबत्ति दिने छन् ।