arrow

आर्यघाटमा सुशील ‘दा’को अन्तिम विदाई

logo
प्रकाशित २०७२ माघ २७ बुधबार
dagbati.jpg.jpeg
काठमाडौं । कांग्रेस सभापति तथा कांग्रेस सभापति सुशील कोइरालाको पशुपति आर्यघाटमा अन्तिम विदाई भएको छ । कोइरालाका भतिजा अतुल कोइराला र सुधांशु कोइरालाले दागबत्ति दिएका छन् । अतुल कोइरालाका ६ भाइ मध्ये माइला विनोद कोइरालालका छोरा हुन् । सुधांशु अरुण कोइरालाका छोरा हुन् । सुशीलका दाजु जेठा प्रमोद र माइला विनोदको यस अघिनै निधन भइसकेको थियो । कोइरालाका तीन दिदीबहिनी छन्  नेपाली सेनाको टुकडीले कोइरालालाई राष्ट्रिय सम्मान दिँदै सलामी अर्पण गरेको छ । 
 
प्रधानमन्त्री केपी शर्मा ओलीले कोइरालालाई राष्ट्रिय झण्डा ओढाएर सम्मानसहित अन्तिम श्रद्धाञ्जली अर्पण गरे । यस्तै पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, लोकेन्द्रबहादुर चन्दले अन्तिम श्रद्धाञ्जली अर्पण गरे । 
 
कांग्रेस नेताहरु, सरकारका मन्त्रीहरु, विभिन्न देशका राजदूतहरु, सुरक्षा निकायका प्रमुखहरु र सुभेच्छुहरुले कोइरालालाई अन्तिम श्रद्धान्जली दिए । आर्यघाट भाव वीह्वल देखियो । राजकिय सम्मानका साथ कोइरालाको अन्त्येष्टी भएको छ । भाव वीह्वलताबीच आर्यघाटमा कोइरालाको अन्त्येष्टीमा सुशील कोइराला अमर रहनुन् भन्ने स्वर एक साथ गुन्जीयो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ