arrow

यस्तो देखियो कोइरालाको श्रद्धाञ्जलिमा रङ्गशाला (भिडियो)

logo
प्रकाशित २०७२ माघ २७ बुधबार
Sushil-ba.JPG.jpeg
काठमाण्डौं।  मंगलबार बिहान निधन भएका पूर्वप्रधानमन्त्री एवं  कांग्रेस सभापति सुशील कोइरालाको पशुपति आर्यघाटमा अन्तिम विदाई भएको छ। कोइरालाका भतिजा अतुल कोइराला र सुधांशु कोइरालाले दागबत्ति दिएका छन्। नेपाली सेनाको टुकडीले कोइरालालाई राष्ट्रिय सम्मान दिँदै सलामी अर्पण गरेको छ। पशुपति आर्यघाटमा कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गर्न विभिन्न दलका नेताहरु, कांग्रेसका कार्यकर्ता, शुभेच्छुक एवं आफन्तजनको ठूलो उपस्थिति रहेको छ।
 
यसअघि दशरथ रंगशालाबाट कोइरालाको शवयात्रा सुरु भएको थियो। रंगशालाबाट सुरु भएको शवयात्रा थापाथली, सिंहदरवार, पुतलीसडक, कमलपोखरी, ज्ञानेश्वर, रातोपुल, गौशाला हुँदै पशुपति आर्यघाट पुगेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ