arrow

नेपाली पौडीवाज गौरिकालाई ऐतिहासिक रजत, जारी सागमा चौथो सफलता

logo
प्रकाशित २०७२ माघ २७ बुधबार
gaurika--new-pc.jpg.jpeg
काठमाडौं । १३ बर्षीया पौडीवाज गौरिका सिंहले राष्ट्रिय कीर्तिमानसहित ऐतिहासिक रजत पदक हासिल गरेकी छन् । जारी १२ औं दक्षिण एसियाली खेलकुद ‘साग’मा गौरिकाको यो चौथो र महत्वपूर्ण सफलता हो । जारी साग गेम्समा सहभागि पौडी खेलाडी मध्ये सबैभन्दा कान्छी नेपाली खेलाडी गौरिकाले २ सय मिटर इन्डिभिज्यूअल मिड्लेमा २ मिनेट ३३.२६ सेकेन्डको र्कीतिमान राख्दै रजत जितिन् । यस स्प्रर्धामा श्रीलंकाली पौडीवाजले किमिको रहीमले स्वर्ण तथा भारतीय पौडीबाज माना पटेलले रजत हात पारे । यसअघि, दक्षिण एसियाली पौडीको व्यक्तिगत स्पर्धामा नेपालले यसअघि कांस्य मात्र जितेको थियो । उक्त सफलता समेत गौरिकाले नै दिलाइन् । 
 
गुवाहाटीस्थितको जाकिर हुसेन अक्वाटक्सि कम्प्लेक्समा भएको पौडीमा उनले यसअघि ४ सय मिटर फ्रिस्टाइल, १ सय र २ सय मिटर ब्याकस्ट्रोकमा समेत  राष्ट्रिय कीर्तिमान राख्दै कांस्य हात पारिन् । गौरिकाले पाँचौ दिन मंगलबार मात्रै नेपाली पौडीबाज सोफिया शाहको राष्ट्रिय कीर्तिमान भङ्ग गर्दै व्यक्तिगत तेस्रो पदक जितेकी थिइन् । 
 
लन्डनमै रहेर प्रशिक्षण गर्दै आएकी गौरिका त्यहीबाट सागमा सहभागि भएकी हुन् । गौरिका सागको एकै संस्करणका फरक चार स्पर्धामा पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी छन् । नेपाली पौडी इतिहासमा उनले नयाँ रेकर्ड कायम गरिन् । राष्ट्रिय कीर्तिमानको कुरा गर्दा उनले २५ औं राष्ट्रिय कीर्तिमान बनाइन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ