arrow

अर्थ संवाद : अवैध कपडा आयातले १ खरब ८० अरबकाे राजस्व गुम्याे

logo
प्रकाशित २०७५ असार १९ मंगलबार
sailendra.JPG

नेपाल टेक्सटाइल एसोसिएनले हालै मात्र एउटा प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा ८० प्रतिशतभन्दा बढी अवैध कपडा आयात हुने निष्कर्ष निकालेको छ । नेपाल टेक्सटाइल एसोसिएनका अध्यक्ष शैलेन्द्रलाल प्रधानले भन्सार कर्मचारीको मिलोमतोमा कपडा आयत भइरहेको आरोप लगाउनुभएको छ । देशको प्रमुख राजश्व संकलन भन्सारबाटै हुने भएकाले त्यसमा कडाइ गर्नुपर्ने अध्यक्ष प्रधानको माग छ । उनले याे विषयमा कसैकाे ध्यान नगएकाे उनले बताएका छन् । यसै विषयमा हामीले प्रधानसँग कुराकानी गरेका छाैँ :

० नेपालमा आधाजति कपडा अवैध रुपमा आयात हुँदो रहेछ होइन ?
– आधा होइन, आधाभन्दा बढी नेपालमा अवैध रुपमा कपडा आयात हुन्छ । ८० प्रतिशतभन्दा बढी कपडा अवैध रुपमा नेपालमा भित्रिरहेको छ ।

० राजश्व नतिरी भित्रिएको कपडाको कुरा गर्नुभएको हो ?
– हो, उनीहरुले राजश्व पनि तिर्दैनन, हाम्रो व्यापारलाई पनि अप्ठ्यारो पारेका छन् ।

० यसले हामीलाई कहाँ कति असर गर्छ ?
– मुलुकभित्र रहेको कपडा उद्योगलाई यसले असर गर्छ । मुलुकको राजश्व संकलनमा पनि यसले असर पु-याउँछ । यसले झन्डै १ खर्ब ८० अर्बभन्दा बढीको राजस्व चुहावट भएको छ । यो हाम्रो मुलुकका लागि धेरै ठूलो हो ।

० भन्सारमा कडाइ गर्छु भन्नुहुन्थ्यो त अर्थमन्त्रीले ?
– यसको केही अनुभूति चाहिँ भएको छ । निर्मूल भएको अवस्था होइन । निर्मुल पार्न सक्ने अवस्था हामी देख्दैनौं, किनभने आजसम्मको अनुभवले त्यही बताउँछ ।

० राजस्व संकलनको लक्ष्य भेट्न भन्सारमै कडाइ गर्नुपर्छ ?
– एउटा मुहान भनेको भन्सार हो । भन्सारमा हामीले नियन्त्रण राख्न सक्यौं भने झन्डै ८०–८५ प्रतिशतसम्म समस्या समाधान हुन्छ । भन्सार कडाइले मात्र पुग्दैन । बजार अनुगमनको आवश्यकता हुन्छ । अवैधरुपमा भित्रिन वस्तु मिलोमतोमै हो । व्यवसायी आफैले मात्रै त्यो काम गर्न सम्भव हुँदैन । यसमा सरकारी ओहदामा बसेका व्यक्तित्वहरु पनि मिलेका हुन्छन् । सरकारी कर्मचारीको पनि मिलोमतो हुन्छ, तर व्यवसायीलाई मात्र पक्राउ गरिन्छ । मिलोमतो गर्ने कर्मचारीलाई समेत कारबाही नगरेसम्म यो समस्या हल हुन्छ भन्ने हामीलाई लाग्दैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ