arrow

नारायणकाजीलाई ए/पीडीएम ०९ स्वाइन फ्लू, घरमै उपचार

logo
प्रकाशित २०७२ माघ २७ बुधबार
narayenkaji-@.jpg.jpeg
ललितपुर । एककिृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ स्वाइन फ्लू भएपछि घरमै थन्किएका छन् । श्रेष्ठलाई एन्फ्लून्जा (ए/पीडीएम ०९) टाइपको स्वाइन फ्लू भएको चिकित्सकले बताएका छन् । सोमबार साँझमात्रै उपाध्यक्ष श्रेष्ठको स्वास्थ्यको विवरण आएको स्वकिय सुशन अर्काचार्यले हाम्राकुरालाई बताईन् ।
 
उनले भनिन्, ‘यो एच् वन् एन् वन् जस्तो घातक नभएको र चिकित्सकले पहिलो चरणमा पाँच दिनका लागि एन्टीवायोटिक औषधी दिनु भएकोछ, बाहिर हिँडडुल नगर्न बन्नु भएको छ ।’ चिकित्सकले सास फेर्न अफ्ठ्यारो हुने वित्तिकै अस्पताल आउन भन्नु भएको छ, कमाचार्यले थपिन्, ‘सास फेर्न अफ्ठ्यारो भएको छैन, केही दिन अघि खोकी लागेको थियो, खोकी बढेपछी चिकित्सकलाई देखाइएको थियो ।’ चिकित्सकले नर्मल खालको स्वाइन फ्लू भएकाले आत्तिनुपर्ने कुनै कारण नरहेको बताएको स्वकिय कर्माचार्यले बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ