arrow

निषेधित क्षेत्रको विषयलाई लिएर राष्ट्रिय सभा बैठक स्थगित

logo
प्रकाशित २०७५ असार २० बुधबार
surendraraj.PNG

काठमाडौं । बुधबारको राष्ट्रिय सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलको नेता  सुरेन्द्रप्रसाद पाण्डेले बैठक सुरु भएसँगै निषेधित क्षेत्र र गोविन्द केसीको विषयलाई लिएर बैठक रोक्न माग गरेका थिए । त्यसपछि विपक्षी नेताहरुले संसद अवरुद्ध पारेका थिए ।

विपक्षी नेताहरुले संसद अवरुद्ध पारेसँगै सभामुख गणेशप्रसाद तिमिल्सिनाले १५ मिनेटका लागि बैठल स्थगित गर्ने घोषणा गरेका हुन् । विपक्षी दलका नेता पाण्डेले सरकारले जनताको हिँडडुल गर्न पाउने र अभिव्यक्ति स्वतन्त्रताको मौलिक अधिकार हनन हुने गरेगरी निषेधाज्ञा जारी गरेको भन्दै तत्काल निर्णय फिर्ताको लागि माग गरे । उनले गोविन्द केसी र गंगामाया अधिकारीको विषयमा  सरकारको स्पष्ट धारणा पनि माग गरे ।

पाण्डेले आफूहरुले राखेको यी दुईमागहरुमा सरकारले गम्भीर भएर काम गर्न सुरु नगरेसम्मका लागि बैठक रोक्नका लागि माग गरेका हुन् । राष्ट्रिय सभाको बैठक  १५ मिनेटपछि पुन:  सुरु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ