arrow

संसदमै अनसन बस्ने कांग्रेस सांसद अमरेश सिंहको चेतावनी

logo
प्रकाशित २०७५ असार २० बुधबार
amresh-kumar-singh.jpg.jpeg

काठमाडौं ।  सरकारले देशका विभिन्न ठाँउमा निषेधाज्ञा जारी गरेको र अनसनमा बसेकाहरुलाई बेवास्ता गरिएको भन्दै कांग्रेसका एक सांसदले सरकारका विरुद्धमा संसदमै अनसन बस्ने चेतावनी दिएका छन् ।

विरोध पनि गर्न नपाउनेगरी सरकारले लोकतन्त्रका नाममा निरंशुकता लाद्न खोजेको भन्दै कांग्रेस सांसद् अमरेश सिंहले सरकारको स्वेच्छाचारीताका विरुद्धमा अनसन बस्ने चेतावनी दिएका हुन् ।  संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले माइतीघर मण्डला लगायतका देशभरका विभिन्न ठाउँमा लगाइएको निषेधाज्ञा हटाउन माग गरे ।

उनले अनसनरत गंगामाया अधिकारी र डा गोविन्द केसीका माग सम्वोधन गर्न सरकारलाई आग्रह गर्दै सरकारले थप वेवास्ता गरे संसदमै अनसन बस्ने चेतावनी दिए । पार्टी एकिकरण आफुले गराएको प्रचार गर्ने मेडिकल व्यवसायी दुर्गा प्रसाइले नै सरकार चलाएको भान हुन थालेको कांग्रेस सांसद सिंहले टिप्पणी गरे ।

नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई आफ्नै घरमा लगेर मर्सी चामलको भात खुवाउदै पार्टी एकिकरणमा आफुले ठुलो मेहनेत गरेको प्रसाईले बताउदै आएका छन् ।  झापामा रहेको विएनसी अस्पतालका संचालक प्रसाईको प्रभावमा परेर चिकित्सा शिक्षा विधेयक आएको भन्दै कांग्रेस सांसद गगनकुमार थापाले संसदमा विधेयकको विरोध गरेका थिए ।  

त्यसको प्रतिउत्तरमा प्रसाईले पुर्व स्वास्थ्य मन्त्री थापालाई विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्त गर्दा १४ करोड खुस खाएको आरोप लगाएका थिए । थापाले भने प्रतिशोधपूर्ण तरिकाले प्रसाईले आरोप लगाएको भन्दै आरोपको पुष्टी गर्न चुनौती दिएका छन् ।

थापामाथी लगाइएको आरोपको खण्डन गर्दै विपी स्वास्थ्य प्रतिष्ठानले पनि विज्ञप्ती निकालेर पुर्वमन्त्री थापा, उपकुलपति डा राजकुमार रौनियार र प्रतिष्ठानको बदनाम गरी विपी चिकित्सा विश्वविद्यालय बन्न नदिने नियतका साथ भ्रमक प्रचार गरिएको बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ