arrow

'काठमाडौं' फोहोरी महानगर : बाटो हिँड्ने नाक थुन्छन्, भानुका विद्यार्थी भक्लक्कै ढल्छन् !

logo
यमुना भण्डारी,
प्रकाशित २०७५ असार २० बुधबार
mahanagar_FNL.jpg

काठमाडौं । मुलुककै सबै भन्दा जेठो महानगर काठमाडौं महानगर सबै भन्दा अस्तव्यस्त ठहरिएको छ । अनि सबै भन्दा फोहरी पनि । केही दिन पहिले प्रदेश ४ को राजधानी पोखरालाई घोषणा गर्दा काठमाडौंको चर्चा त्यहाँको प्रदेश सभामा भएको थियो । 

प्रदेश सभामा बोल्ने सांसदहरुले ‘पोखरा प्रदेश ४ को राजधानी घोषणा हुँदै गर्दा काठमाडौं जस्तो अस्तव्यस्त नहोस् ।’ संघको राजधानीलाई प्रदेशले चुनौती दिएको त्यो नौलो कुरा थिएन । तर, प्रदेश ३ को राजधानी कहाँ बनाउने ? र काठमाडौं महानगर पहिलो स्मार्ट सिटी हुने बहसकाबीच प्रदेशसभामा कुरा काटिनु राम्रो पक्कै होइन होला । 

महानगरले आउने आर्थिक वर्षका लागि बजेट ल्याएको एक हप्ता मात्रै वितेको छ । तर, मुक्तिको सास फेर्न भने पाईरहेको छैन, काठमाडौँ महानगर । आउने आर्थिक वर्षका लागि महानगरले १३ अर्ब २ करोडको बजेट ल्याएको छ । 

बजेटमा नुवाकोटको सिसडोलमा रहेको ल्याल्डफिल्ड साइटमा फोहोरमैला व्यवस्थापनमा बारम्बार समस्या आएकाले वैकल्पिक ल्याण्ड फिल्ड साइट व्यवस्थापनको लागि पनि बजेट बिनियोजन गरेको छ । तर, त्यो पर्याप्त भने होइन ।

स्मार्टसिटीको सपना देखेको महानगरले वातावरण व्यवस्थापन शिर्षक अन्तर्गत  ५४ करोड ४५ लाख रुपैयाँ मात्रै बजेट बिनियोजन गरेको छ । मनोरेल, इलेक्ट्रिक बस, फ्लाईओभर, इट्वाइलेट, ईपार्किङ निर्माणका लागि पूर्व सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने लगायतका लागि १५ करोड १० लाख रुपैयाँ बिनियोजन गरेको बजेट वक्तव्यमा उल्लेख छ ।  

महानगरपालिकाले सहरी योजना आयोग मार्फत वातावरणीय सुधारको र साइकल ट्रयाकको लागि ९ करोड ४६ लाख  रुपैयाँ बजेट बिनियोजन गरेको छ । महानगरको भवन निर्माण, वडा कार्यालय निर्माण र फोहोरमैला संकलन गर्ने सवारी तथा अन्यउपकरण खरिदको लागि भन्दै सोलोडोलो दुई अरब ३६ करोड रुपैयाँ बिनियोजन गरिएको छ । 
तर, फोहर जता ततै लडेर बसेको छ । 

 

संस्कृत पढ्ने विद्यार्थीलाई दुर्गन्धको ‘आरती’ ? 
प्रदर्शनीमार्गमा रहेको वाल्मिकि विद्यापीठसँगै अहिले दरबारहाईस्कुलसँगै रहेको भानु मावि जोडिएको छ । चीनको सहयोगमा एकतले विद्यालय भवन बनेका छन् । त्यहीँ पढाई हुन्छ, संस्कृततर्फको । संस्कृत पढ्ने विद्यार्थीहरु विहानै आउँछन् । फोहर थुप्रिएर बसेको छ । सोझै गन्ध कक्षाभित्र प्रवेश गर्छ । जसरी धुप सल्काउँदा बास्ना परैबाट आउँछ, हो त्यसरी नै । 
दुर्गन्धकै कारण, विद्यार्थीहरु खाजा खान समेत मन गर्दैनन् । गेटमा भेटिएका पालेले भने, ‘खाजा नखाएर भोकले होला । अस्ति एउटा भाई भक्लक्कै ढले ।’

भानु माविका प्रधानाध्यापकले वडा कार्यालयमा अवदेखि फोर यहाँ नथुपार्न भनि निवेदन दिएको थुप्रै भईसक्यो भन्छन्, उनी । तर, समस्या ज्यूँका त्यूँ छ । बेलुकीतिर गेटबाहिर चिहाएर हेर्दा तरकारी बजारबाट र २८ नम्बर वडा कार्यालयपट्टीको चोकबाट ठेला भरी–भरी फोहर आउँछ, उनले भने । अनि कहिलेबाट नउठेको यो फोहर ? दुई दिन भो, जवाफमा उनले भने, ‘हामी बस्न सकिरहेका छैनौँ । विद्यार्थीले कसरी पढ्छन् होला ?’ फोहरको ठेकेदार समेत पुल छेउमै बस्ने कुरा चैँ पत्ता लगाएछन्, उनले । चिनेको छैन, नभए मारी झपार्नु हुन्थ्यो, उनले रिसाउँदै भने । 

सुन्दर मेयरसा’वका फोहोरी वडा कार्यालय !  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ