arrow

मलेसियामा ज्यान गुमाएका कुमालको कालीनदीमा अन्तिम संस्कार

logo
सीता डोटेल,
प्रकाशित २०७५ असार २० बुधबार

रामपुर, पाल्पा ।  बर्खाले नदी बढेर सुसाएको कालीगण्डकी । नदी किनारमा जम्मा भएका एक हुल मानिसको रोदनले नदीको सुसावटलाई कमजोर पारेको थियो । नदीमा नै पुगेका सयौं स्थानीय बासीको रोदनले हिलो धमिलो हुदै उर्लिएको नदीको बेगलाई समेत स्तब्ध बनाएको थियो । रोजगारको सिलसिलामा मलेसियामा ज्यान गुमाएका रामपुर नगरपालिका ६ का ३५ बर्षे डोलराज कुमालको अन्तिम संस्कारका लागि पुगेका स्थानीयको मलिन अनुहारमा आशुँ रोकिएका थिएनन् ।
 
३ बर्षअघि बैदेशिक रोजगराका लागि मलेसिया पुगेका डोलराजका सपना अधुरै बनेका छन् । घरपरिवारको सुखद भविष्यको सपना बुनेर मलेसिया पुगेका उनको गत असार १२ गते मलेसियामा मृत्यु भयो । उनको सपनासँगै जहानको भविष्य पनि टुटेको छ ।

 साथीहरुका अनुसार खाना खाएर विश्वकप फुटवल हेरेर सुतेका उनी बिउझिएनन् । दिनभर विदेशी भुमिमा पसिना बगाएर राती सुतेका उनी कहिल्यै नबिउझिने गरि सदाका लागि बिश्राम लिए । उनको निधनको छैटौं दिन अब घरमा ल्याइपुर्‍याएपछि उनको सोही दिन अन्त्येष्टि गरिएको हो ।

 डोलराजकी २८ बर्षे श्रीमती जमुना कुमालले भविष्य सुख बनाउन बिदेश गएको श्रीमानको त्यो अबस्था भन्दै डाको छोडेर रोइरहहेकी छन् । जमुना श्रीमानको शोकमा घरि मुर्छा पर्ने घरि बिउझिने भइरहेकी छन् । उनका छोरी र आमाबुवा छन् । डोलराजको निधन भएसँगै घरपरिवारमा गर्जा टार्ने उपाय टरेको छ– डोलराजका अंकलका छोरा टुकबहादुर कुमालले भने । मलेसियामा काम गर्ने आफन्ती, छिमेकी र कम्पनीको सहयोगमा निधन भएको ५ दिनमा उनको शव काठमाडौं ल्याइएको हो । छैटो दिन कालीगण्डकी नदी किनारमा अन्तिम संस्कार गरिएको हो ।

धन कमाउन जहाजमा विदेशिएका उनी बाकसमा भित्रिएपछि गाउँ नै शोकमा डुवेका स्थानीय तेज बहादुर कुमालले बताए । गाउँघरमा क्रृण खोजेर जग्गा धितो राखेर विदेश पुगेका नेपालीको यस्ता शव दैनिक नेपाल भित्रिने गरेको छ । भविष्य बोकेर विदेश जाने तर बाकसमा बाकिएर आउनुपर्ने अबस्था टार्न गाउँघरमा नै रोजगारको वातावरण सिर्जना गर्न सरकारले नयाँ कदम चाल्नुपर्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ