arrow

गायक कमल बिसी गर्लफ्रेन्डको खोजिमा 

logo
प्रकाशित २०७५ असार २० बुधबार
kamal-bc-singer.jpg

काठमाडौं। गायक तथा मोडल कमल बिसी गर्लफ्रेन्डको खोजिमा भैतारिरहेका छन्। प्रसङ्ग गर्लफ्रेन्ड छैन गितको को हो। पछिल्लो समयमा चर्चा कमाइरहेका कमल बिसी माल्दाइको गर्लफ्रेण्ड छैन गितले बजारमा निकै चर्चा कमाएको छ ।

बिसिको आफ्नै शब्द संगीत र स्वर रहेको गर्लफ्रेन्ड छैन गितमा पछिल्लो समयमा चर्चामा रहेका निर्देशक बिक्रम चौहाङ, मोडल अरुशी मगर र स्वयम बिसीको मुख्य भुमिका रहेको छ ।

बर्दियाका बिसी बिगत तीन बर्षदेखि कलाकारिता क्षेत्रमा लागिरहेका छन्। 

पछिल्लो समय चर्चामा रहेका गितहरु मध्ये बिसीको भगवानलाई झुक्ने गराउछु, मेरो गर्लफ्रेन्ड छैन, झम्के साँझमा, जुँगा पालेको, बुढी रिसाउछे, मेरो माया कता छ कुन्नी, लगायतका थुप्रै गितहरु अतिनै चर्चामा छन । ती मध्ये  मेरो गर्लफ्रेन्ड छैन डिजे गितले सबै भन्दा बढी चर्चा बटुलेको छ ।

गायक बिसि लोकदोहोरी, आधुनिक गित, आइटम गित सबै खाले गित गाउन सक्ने बताउँछन्। हाल तिजको गितमा ब्यस्त रहेको र लगत्तै तीन वटा तिज गित बजारमा आइरहेको बिसिले बताए । 

धेरै जसो मेला, महोत्सव र सास्कृतिक कार्यक्रमहरुमा ब्यस्त रहेका बिसी तिज बिशेष कार्यक्रमको लागि माल्दिभ्स जाँदैछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ