arrow

बलिउड अभिनेत्री सोनाली बेन्द्रेलाई क्यान्सर

logo
प्रकाशित २०७५ असार २१ बिहिबार
actress-sonali-bendre-diagnosed-with-high-grade-cancer-photos-pictures-stills.jpg

काठमाडौं । बलिउड अभिनेत्री सोनाली बेन्द्रेलाई क्यान्सर भएको छ । उनले सामाजिक सन्जाल इन्स्टाग्राममा एक पोष्ट राख्दै आफूलाई क्यान्सर भएको खुलाएकी हुन् । 

उनको अमेरिकाको न्यूयोर्कमा उपचार भइरहेको छ । क्यान्सर उच्चतहमा पुगेको बताएकी उनले के को क्यान्सर भनेर खुलाएकी छैनिन् । 

उनको चौथो स्टेजको क्यान्सर भएको पनि बताइएको छ । भारतीय मिडियाहरुका अनुसार उनलाई गत महिना मुम्बईको एक अस्पतालमा भर्ना गरिएको थियो । त्यतिबेला उनको पाठेघर सम्बन्धी समस्या भएको पनि बताइएको थियो । 

चौथो चरणको क्यान्सर शरीरभर फैलिने खतरा हुन्छ । यसलाई रोक्न निकै कठिन हुने चिकित्सकहरु बताउँछन् । यसको स्थिति थाहा पाउन भने कुन अंगमा भएको क्यान्सर हो भन्ने महत्वपूर्ण हुने चिकित्सकको भनाई छ । 

सोनालीले इन्स्टाग्राममा आफू ठूलै रोगको सामना गरिरहेको र परिवारका साथै साथीभाइको सहयोगले आफू यो रोग जित्न सक्ने अवस्थामा पुगेको पनि बताएकी छिन् । 

उनले आफू आशावादी रहेको र यसका लागि डटेर लड्ने समेत बताएकी छिन् । 

मुम्बईको हिन्दुजा हेल्थकेयर अस्पतालमा भर्ना भएपछि उनी अमेरिका गएकी थिइन् । उनको सन् २००२ मा चलचित्र निर्देशक गोल्डी बहलसंग बिबाह भएको थियो । उनीहरुका १३ वर्षका छोरा रणवीर छन् । 

सोनालीको पछिल्लो फिल्म सन् २०१३ मा ‘वन्स अपन अ टाइम इन मुम्बई दोबारा’ रिलिज भएको थियो । 

उनी त्यसपछि टिभी शोहरुमा देखिँदै आएकी थिइन् । उनले यही क्यान्सरकै कारण गत महिना नै ‘इन्डियाज बेस्ट ड्रामेबाज’ बाट नाम फिर्ता लिएकी थिइन् । 

यो शो अब हुमा कुरैसीले गर्ने बुझिएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ