arrow

कोइरालाका भतिजा किरिया बस्ने

logo
प्रकाशित २०७२ माघ २७ बुधबार
dagbati.jpg.jpeg
काठमाडौं।नेपाली काँग्रेसका दिवङ्गत सभापति सुशील कोइरालाको अन्त्येष्टि किरिया कोइराला निवास महाराजगन्जमा बस्ने व्यवस्था मिलाइएको छ । 
 
स्वर्गीय कोइरालालाई दागबत्ती दिनुभएका उनका भतिजाद्वय अतुल र सुधांशु कोइराला नै किरियामा बस्न भएका छन् । यसअघि पशुपतिस्थित आर्यघाटमा नेपाली काँग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवा महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण सिटौलालगायतका नेता तथा कार्यकर्ताले भावपूर्ण श्रद्धाञ्जलि अपर्ण गरेका थियो । 
 
दाहसंस्कार चलिरहँदा त्यहाँ उपस्थित कार्यकर्ताले ‘सभापति कोइराला अमर रहुँन्, नेपाली काँग्रेस जिन्दावाद’जस्ता नारा लगाएका थिए । कोइरालाको पार्थिव शरीरलाई चितामा राख्नुअघि त्यहाँस्थित ब्रह्मनालमा हिन्दू विधिअनुसार अन्तिम संस्कार गरिएको थियो । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली, एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुुष्पकमल दाहाल, नेकपा(एमाले)का वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाललगायत विशिष्ठ व्यक्ति र नातेदारले माला चढाएर श्रद्धासुमन अपर्ण गरेका हुन् ।श्रद्धाञ्जलि अपर्ण गर्न भुटानका गृहमन्त्री ल्योन्पो दावा ग्याल्तसेन र नेपालस्थित भारतीय राजदूत रञ्जीत राय आर्यघाट पुगेका थिए । 
 
उनको दाहसंस्कारलाई नजिकबाट नियाल्न पार्टीका कार्यकर्ता एवम् सर्वसाधारणको ठूलो जमात बाग्मतीमा जमेको पानी भित्रै पसेको थियो । पशुपतिनाथ मन्दिर तथा आर्यघाट वरिपरि तस्बिरसहित ‘निष्ठाका यात्री सुशील’ लेखिएका फ्लेक्स र नेपाली काँग्रेसको झन्डा राखिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ