arrow

वामे सर्दै घोडाघोडी

logo
ललित जाग्री,
प्रकाशित २०७५ असार २१ बिहिबार
ghoda-ghodi.jpg

कैलाली । घोडाघोडी ताल प्रदेश नं. ७ अन्तर्गत कैलाली जिल्लाको घोडाघोडी नगरपालिकामा पर्ने एक रमणीय ताल हो । पूर्व–पश्चिम राजमार्गको छेउमै अवस्थित यो ताललाई पर्यटकीय तथा पौराणिक दृष्टीकोणबाट नेपालको एक प्रसिद्ध स्थलको रूपमा लिइने गरिएको छ । घोडाघोडी ताल अवलोकनका लागि देशका विभिन्न ठाँउमा रहेका आन्तरिक पर्यटक र छिमेकी देशका बाह्य पर्यटकहरु पनि आउने गरेका छन् । जसले गर्दा घोडाघोडी तालले चर्चा पाउन थालेको छ । प्रत्येक वर्ष घोडाघोडी ताल अवलोकन गर्ने पर्यटकहरुको संख्यामा वृद्धि हुँदै गएको छ । पछिल्लो समय देखिएको यस किसिमको पर्यटकहरुको संख्याको वृद्धिसँगै घोडाघोडी तालको वामे सर्दै अघि बढिरहेको छ ।

पूर्व–पश्चिम राजमार्गमा पर्ने धनगढी बजारबाट करिब ५३ किलोमिटर पूर्वमा पर्ने यो ताल कैलाली जिल्लाको घोडाघोडी नगरपालिकामा अवस्थित छ । करिब ४ मिटर औसत गहिराइ भएको घोडाघोडी तालको क्षेत्रफल करिब १३८ हेक्टर छ । यो ताल १९ वटा औंला भएको हत्केला आकारको छ । एक आसपासमा रहेक अन्य १३ वटा ससाना तालहरू समेत गरेर उक्त सिमसार क्षेत्रमा तालैतालले ओगटेको क्षेत्रफल मात्र दुई सय ४८ हेक्टर रहेको छ । यसको कुल क्षेत्रफल दुई हजार ५६३ हेक्टर रहेको छ ।

पूर्व–पश्चिम राजमार्गको छेऊमै रहेको यो ताल क्षेत्र दुर्लभ चराचुरुङ्गीले विचरण गर्ने शान्त भूमि तथा सुरक्षित वासस्थान हो । विश्व जलचर इतिहासमा सङ्कटपूर्ण अवस्थामा पुगेका दर्जनौं जातका रैथाने माछाका प्रजाति, पुतली तथा अन्य दुर्लभ मानिने चराचुरुङ्गीहरू लाई यो तालले संरक्षण दिइरहेको पाइएपछि सन् २००३ अगस्त १३ गते विश्व रामसार सूचीमा सूचीकृत भएको छ । घोडाघोडी तालको छेउमा भगवान् शिवको मन्दिरका कारणले यो क्षेत्र धार्मिक दृष्टिले समेत आस्थाको केन्द्रका रूपमा रहेको छ । माघे सङ्क्रान्ति, शिवरात्री, मङ्सिर पञ्चमीका दिनमा यो क्षेत्रमा ठूला धार्मिक मेला समेत यहाँ धार्मिक पर्यटनको महत्व बढ्नु स्वभाविक हो ।

विगतमा घोडाघोडी ताल क्षेत्रमा घुम्न आन्तरिक पर्यटकहरु मात्र आउने गरेको भए पनि पछिल्लो समय बाह्य पर्यटकहरु पनि आउन थालेका छन् । जसको कारण घोडाघोडी ताल क्षेत्रमा घुम्न आउने पर्यटकहरुको संख्यामा वृद्धि भएको छ । घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मञ्च नेपालको तथाङ्कअनुसार घुम्न आउने पर्यटकहरुको संख्यामा वृद्धि भएको हो । यो वर्षको वैशाख देखि अहिलेसम्म १ लाख २७ हजारले पर्यटकहरुले घोडाघोडी ताल क्षेत्रमा अवलोकन गरेको घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मञ्च नेपालले बताएको छ । वैशाख महिनामा ६६ हजार ५ सय, जेष्ठ महिनामा ४२ हजार र असार १९ गते सम्म १८ हजार ५ सयले अवलोकन गरेका छन् । घोडाघोडी ताल क्षेत्रमा आन्तरिक र बाहय पर्यटकहरु घुम्न आउने गरेको संरक्षक पदम प्रसाद ढकालले जानकारी दिए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ