arrow

सरकारले नसुनेपछि कांग्रेसले गर्‍यो संसद अबरुद्ध, डा केसीको माग सुनुवाइको लागि दबाव

logo
प्रकाशित २०७५ असार २२ शुक्रबार
parliament1.png

काठमाडौँ । प्रतिनिधिसभाको दोस्रो बैठक पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध गरेको छ ।  कांग्रेसले आमरण अनशरत डा गोविन्द केसीको उपचार र जीवन रक्षासम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव संसद्मा छलफलका लागि कार्यसूचीमा ल्याउन माग गर्दै दोस्रो बैठक पनि अवरुद्ध गरेको हो ।

संसद्को बैठक शुरु हुनेबित्तिकै नेपाली कांग्रेसका सांसदहरु आ–आफ्नो सिटबाट उठिरहेपछि सभामुख कृष्णबहादुर महराले तपार्इंहरुको माग अर्को बैठकको कार्यसूचीमा आउने जानकारी गराए ।

नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले डा केसीको जीवनरक्षासम्बन्धी सार्वजनिक महत्व संसद्मा दर्ता भएको हुँदा सो प्रस्तावलाई छलफलमा नल्याएसम्म बैठक चल्न नदिने जानकारी गराए ।

सभामुखको पटक पटकको आग्रहपछि पनि नेपाली कांग्रेसका सांसदहरु उठिरहेपछि बैठक सोमबारसम्मका लागि स्थगित भएको छ । संसद्को अर्को बैठक असार २५ गते सोमबार दिनको १  बजे बस्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ