arrow

प्रधानमन्त्री ओली र भुटानी गृहमन्त्रीबीच भेटवार्ता

logo
प्रकाशित २०७२ माघ २७ बुधबार
kp.jpg.jpeg
काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीसँग भुटानका गृह एवम् सांस्कृतिक मामिला मन्त्री ल्यान्पो दावा ग्याल्तसेनले शिष्टाचार भेटवार्ता गरेका छन् । 
 
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको भेटवार्तामा आपसी हित र दुई मुलुकको सम्बन्धका बारेमा छलफल भएको थियो । प्रधानमन्त्री ओलीले भुटानले पछिल्लो दिनमा गरेको आर्थिक प्रगतिको बारेमा उच्च प्रशङ्सा गर्नुभएको उहाँका परराष्ट्रविज्ञ गोपाल खनालले जानकारी दिनुभयो । सो अवसरमा नेपाल र भुटानबीचको द्विपक्षीय सम्बन्धका विभिन्न पक्षका बारेमा छलफल भएको थियो । 
 
यसैगरी उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापासँग पनि भुटानी गृहमन्त्रीले भेटवार्ता गर्नुभएको थियो । सो अवसरमा आपसी हितका विभिन्न विषयमा छलफल भएको थियो । भुटानीमन्त्री ल्यान्पो पूर्वप्रधानमन्त्री सुशील कोइरालाको दुःखद् निधनप्रति समवेदनामा प्रकट गर्न आजै यहाँ आउनुभएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ