arrow

धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विस्तार हुँदै गुफाचौर

मन्त्री स्थापितले गरे अवलोकन

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ असार २३ शनिबार
Gufachaur_Photo_2_(1).jpg

 पाल्पा । तानसेन नगरपालिका वडा १० तेल्घामा रहेको गुफाचौर यस क्षेत्रकै नमूना धार्मिक तिर्थस्थलको रुपमा विस्तार हुदै गएको छ । गणेश भगवानको धार्मिक धामलाई धार्मिक अध्ययन केन्द्रको रुपमा विकास गरी यस क्षेत्रकै नमूना धार्मिक पर्यटकीय क्षेत्रका रुपमा परिचय  बनाउन तानसेनवासी सक्रिय भएका छन् ।

प्राकृतिक सुन्दरताले भरिपुर्ण, शान्त, मनोरम वातावरण भएको, हिमश्रृङ्खला तराई भू भागको दृश्यावोलन गर्न सकिने, वरीपरी जंगलले भरिएको धार्मिक अध्यन केन्द्रको रुपमा विकास गर्न तानसेन नगरपालिकाले गौरवको योजना बनाएर काम समेत शुरु गरेको हो ।  श्रीगणेश धामको रुपमा विस्तारभईरहेको गुफाचौरको  प्रदेश नं ३ का भौतिक योजना तथा पूर्वाधार मन्त्री केशव स्थापित, तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाही, राजनितिक दलका नेताहरु पत्रकार महासंघका जिल्ला अध्यक्षराजेश कुमार अर्याल, वडा अध्यक्ष लोचल प्रसाद तिमिल्सीना, तेल्घाका पूर्व गाविस अध्यक्ष मोहन गैरे , स्थानीयवासि लगायतका व्यक्तित्वहरुले अवलोकन गरेका छन ।

 १२ बर्षदेखिको योजना र परिकल्पना साहाकार हुँदै गएकाले गेणेश धामको रुपमा गुफाचौरलाई विस्तार गरी यस क्षेत्रकै नमूना धार्मिक अध्यन केन्द्रको रुपमा विकास गर्न आवश्यक पर्ने पुर्वाधार निर्माणको लागि सहयोग गर्ने प्रदेश ३ का भौतिक योजनामन्त्री स्थापितले बताए ।  तानसेन देखी १४ किलोमिटर पश्चिममा पर्ने गणेश धाम गुफाचौर डाँडामा पुग्न यसै बर्ष करिव १ करोडको लागतमा डवल लेनको मोटरबाटो निर्माण गरिएको, गुफाचौरमा लिफ्ट प्रणालीबाट पानी तान्ने योजना शुरु गरिएको, थ्रि फेस विद्युत लाईन विस्तारको काम शुरु भएको नगर प्रमुख अशोक कुमार शाहीले बताए । तानसेनलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरी यस क्षेत्रको आयआर्जनमा बृद्धि गर्ने, धार्मिक पर्यटकीय चक्रपथ निर्माण गर्ने, धार्मिक अध्यन केन्द्रको रुपमा विकास गर्न सिंगो नगर लागि परेको प्रमुख शाहीले जानकारी दिए । गुफाचौरमा गणेश धाम बन्ने भएपछि स्थानीवासीहरु खुसि भएका छन ।

कोलाहल मुक्त, शान्त, सफा वातावरण युक्त स्थान रहेको गुफाचौरलाई धार्मिक तिर्थस्थल संगै, गणेश भगवानको रुपबाट अध्यन केन्द्रको  विकास गरी विश्वभरका हिन्दुहरुको जमघट गराउने गरी योजना बनाएर काम गर्नुपर्ने पत्रकार महासंघका जिल्ला अध्यक्ष राजेश कुमार अर्यालले बताए । गुफाचौर गुराँसडाँडा  विश्वकै  ठूलो गणेश मुर्ति सहितको मन्दिर निर्माण गर्ने योजनाका साथ काम शुरु भएको छ ।

मन्दिरको लागि साढे अठार फिट उचाई, आठ फिट चौडाई भएको भगवान गणेशको मुर्ति निर्माण गरी तानसेनको टुडिखेलमा राखिएको छ । गणेशको मुर्तिलाई दुई तिन महिना भित्र क्रेनको माध्यमबाट गुफाचौरमा लगिने भएको छ । गुफाचौर गुराँसडाँडामा आधार अष्टकोश भई माथिल्लो भाग पिरामिड आकारमा चुलिएको, विचमा विशाल चोक भएको करीव १ हजार ५ सय फिट उचाई भएको मन्दिर निर्माणको  लागि प्रस्ताव गरिएको छ ।  यसैगरी तानसेन नगरपालिकाले प्रस्तावित गरेको वडा  ५ को सेतीपोखरी, धरमपानी, बन्दिपोखरा, चवनवारी, वडा ८ को दमकडा क्षेत्रको एकिकृत बस्ति निर्माण   

तानसेन ५ वनदेवि क्षेत्रमा प्रस्तावित वातावरणमैत्री वसपार्क क्षेत्रको समेत प्रदेश नं. ३ का भौतिक योजनामन्त्री स्थापित र नगर प्रमुुख शाहीले अवलोकन गरेका छन ।  तानसेनमा एकिकृत नमुना बस्ती निर्माणको लागी नगरपालिकाले नेत्र प्रसाद पाण्डेको संयोजकत्वमा अध्यन, अनुगमन तथा व्यबस्थापकिय कार्यको लागि समिति गठन गरेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ