arrow

प्रदेशका मन्त्रीकाे काम-पूजा निरीक्षण

कम्युनिष्ट सरकारका मन्त्रीद्वारा सामूहिक पूजा

logo
किरण न्यौपाने,
प्रकाशित २०७५ असार २३ शनिबार
rangeli.jpg

रंगेली। बढी भक्तजनहरुको चाप रहने मोरङ्गको पुरानो सदरमुकाम रंगेलीमा रहेको संसारी माईस्थान मन्दिरमा प्रदेश १ तीन मन्त्रीले सामूहिक पूजा गरेका छन् । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिकमत कार्की, सामाजिक विकास मन्त्री जिवन घिमिरे, आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र आङ्गबाेले सामूहिक पूजा गरेका हुन् ।

मन्त्रीलाई मन्दिरका पूजारीले स्वस्ती वाचन गरी विषेश पूजा गराए । राणकालीन समयमा स्थापना भएको काली मन्दिर तथा रंगेली अस्पतालसँगै नगरपालिकाको निरीक्षण गरे । रंगेली संसारीमाई मन्दिर व्यवस्थापन समिति, रंगेली नगरपालिकाको सामूहिक निम्तोमा रंगेली आएका आन्तरिक मामिला तथा कानुन मन्त्री हिकमत कार्कीले मन्दिरप्रति भक्तजनको विषेश आस्था भएकाले प्रदेश स्तरीय धार्मिक गन्तव्य क्षेत्रको रुपमा विकासका गर्नका लागी पहल गर्ने बताए ।

आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र आङ्गवोले मन्दिरको विकासका लागी प्रदेश सरकारले विषेश ध्यान दिने बताए । यहि अवसरमा सामाजिक विकास मन्त्री जिवन घिमिरेले मन्दिरमा तत्कालै शौचालय र परेवा व्यवस्थापनका लागी १३ लाख रुपैँया नगरपालीका मार्फत सहयोग गर्ने घोषण गर्दै प्रदेशस्तरीय सरकारी फुलपाती बढाई कार्यक्रम संसारीमाई मन्दिर बाट गर्नका लागी पहल गर्ने बताए ।

 रंगेली नगरपालीकाका मेयर दिलीप वगडीयाले रंगेली विकासको गतिमा पछाडी परेको भन्दै सिंहदरवार भित्रको अधिकार अब प्रदेश सरकारसँग समेत भएकाले रंगेलीलाई हेर्नै दृष्टीकोण परिर्वतन गर्नुपर्ने बताए । रंगेली नगरक्षेत्रको निरीक्षण गर्ने क्रममा मन्त्रीहरु नगरपािलका कार्यालय समेत पुगे । माेरङ पुगेका उनीहरुले करिव ४ घण्टा रंगेलीमा बिताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ