arrow

कोइरालाको अनुपस्थितिमा पनि संविधानको कार्यान्वयन र शान्ति प्रक्रिया अघि बढाउँछौँःभट्टराई

logo
प्रकाशित २०७२ माघ २७ बुधबार
बाबुराम-भट्टराई.jpg.jpeg
गोरखा। नेपाली काँग्रेस सभापति सुशील कोइरालाको निधनले दुःखी तुल्याएको बताउँदै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले कोइरालाको नेतृत्वमा जारी गरिएको नयाँ संविधानको कार्यान्वयन गरिने बताउनुभएको छ ।
 
संविधानको कार्यान्वयन गर्दै देशलाई शान्ति, स्थायित्व र समृद्धितर्फ लगिने उमको भनाइ छ । बुधबार गोरखामा आयोजित पत्रकार सम्मेलनमा डा भट्टराईले जारी भएको संविधानमा मधेसी, थारुलगायत समुदायको अधिकार सुनिश्चित नभएको धारणा राख्दै संविधान संशोधन गरेर भए पनि देशमा शान्ति ल्याउने बताए । 
 
एमाओवादीलाई ‘थोत्रो गाडी’ को सङ्ज्ञा दिँदै डा भट्टराईले नयाँ शक्ति नयाँ गाडी भएको दाबी गरे । बेपत्ता छानबिन आयोग गठन भए पनि त्यसले बेपत्ताजनको परिवारले चाहेजस्तो छिटो काम गर्न नसकेको भट्टराईको टिप्पणी छ । आफू जनताको सेवक भएको भन्दै उनले भने “जनप्रतिनिधि सधैँ जनताको सेवक हुन् । जब मालिक र नेता बन्छन् उनीहरु जनप्रतिनिधि हुँदैनन् ।” 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ