arrow

७ वर्षे बालकको अपहरण गरी निर्भमता पुर्वक घाँटी रेटेर हत्या

logo
प्रकाशित २०७२ माघ २७ बुधबार
हत्या.jpg.jpeg
बाँके। गत सोमबार अपहरणमा परेका कोहलपुर ९ झण्डहवाका ७ वर्षीय बालक आकास चौधरीको निर्भमता पुर्वक हत्या गरिएको छ । 
 
७ वर्षीय बालक  चौधरीको निर्भमता पुर्वक हत्यारा गरेस‌गै मशंकर र सीतानरानीका एकमात्र सन्तानको हत्या भएपनि झण्डहवा गाउँ शोकमा डुबेको छ । कोहलपुर ९ झण्डहवाकै घरबाट करिव ३० मिटर टाढा परालको कुन्योमा बोरामा बेरेर राखिएको अवस्थामा बुधबार प्रहरीले शब फेला परेको जनाएको छ । यसैबिच बालक हत्या घटनाको अनुसन्धानका लागि शंकास्पद ५ व्यक्तिलाई पक्राउ गरिएको छ । ती मध्ये एकजनाले बालकको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
 
माघ २४ मा घरमा कोही नभएकोअवस्थामा बालक अपहरणमा परेका थिए । बालकको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।बालक हराएको बारे अभिभावकले माघ २५ गते कोहलपुर प्रहरीलाई खबर गरेका थिए ।
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ