arrow

‘डा गोविन्द केसीले कम्युनिष्टका मुद्धा पो उठाएका हुन् त’

दिएनन् प्रधानममन्त्री ओलीले एनएमएलाई समय 

logo
प्रकाशित २०७५ असार २४ आइतबार
muktiram-shrestha1.jpeg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल चिकित्सक संघ एनएमएलाई समय नदिएको खुलेको छ । एनएमएले आमरण अनसनरत डा गोविन्द केसीका मुद्धाका बारेमा सरकारको ध्यानाकर्षण गराउन गत शुक्रबारदेखि समय मागे पनि प्रधानमन्त्री ओलीले समय नै नमिलाएको बुझिएको छ । 

नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले समय मागिए पनि अहिलेसम्म नमिलेकाले कतिबेला ज्ञापनपत्र बुझाउन पाइएला भन्ने टुंगो नभएको बताए । 

उनले डा गोविन्द केसीले कम्युनिष्टका मुद्धा उठाएका अवस्थामा नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले केसीका मुद्धालाई बाइपास गर्न नमिल्ने पनि बताए । 

उनले भने, ‘गरीवका छोराछोरीले पढ्न पाउनु पर्ने माग त कम्युनिष्टका हुन्, डा केसीले कम्युनिष्टका माग लिएर अगाडि बढ्नु भएको छ फेरि यो कम्युनिष्ट सरकारले माग किन सम्वोधन नगर्ने ?’

डा श्रेष्ठले डा गोविन्द केसी अहिलेसम्म कुनै राजनीतिक रंग लिएर नहिँडेकाले समग्र नेपालीको सर्वसुलभ स्वास्थ्योपचार एवं गरिबको पनि चिकित्सा शिक्षा लिन पाउने अधिकारलाई सुनिश्चित गर्न लागिरहेकाले राजनीतिक रंग दिनु जरुरी नभएको बताए । गोविन्द केसीका माग सबैका लागि समान भएको पनि उनको भनाइ छ । 

पहिलेदेखि नै माग जायज भन्दै नागरिकस्तरबाट समेत सहयोग भइरहेको अवस्थामा सरकारले मागप्रति बेवास्ता गर्न नपाइने पनि डा श्रेष्ठको भनाइ छ । 

केही कलेज र अनुकुल मान्छेका माग सम्वोधन गर्नका लागि सरकारले डा केसीका माग संवोधन गर्न नमानेको पनि  डा श्रेष्ठको आरोप छ । 

उनले नागरिकको समर्थन लिएर आगामी विरोधका कार्यक्रम अगाडि बढाउने पनि बताएका छन् । 

गत शुक्रबारदेखि नेपालभरका चिकित्सक संघसंग आवद्ध सदस्यहरुले हातमा कालोपट्टी बाँधेर काम गरिरहेका छन् । 

असार १६ गतेदेखि जुम्लामा आमरण अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अत्यन्त गम्भीर हुँदासमेत सरकारले वार्ताका लागि बेवास्ता गरेको छ । डा केसी १५ औं पटक आमरण अनसनरत छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ