arrow

सिन्धुपाल्चोक केन्द्र बनाएर ४.६ रिक्टर स्केलको पराकम्पन

logo
प्रकाशित २०७२ माघ २७ बुधबार
भूकम्प.jpg.jpeg
काठमाडौं । सिन्धुपाल्चोक केन्द्र भएर राति १० बजेर १२ मिनेटमा ४.६ रिक्टर स्केलको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
 
सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर गएको भूकम्प विनाशकारी गोरखा भूकम्पकै परकम्प थियो ।  माघ २० मा  राती १० बजेर  १० मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ५.५ म्याग्निच्यूडको पराकम्प गएको एक हप्तापछि आज गएको हो। गत पुस २७मा सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको  थियो ।पुस २६मा सिरहा जिल्लालाई केन्द्रबिन्दु बनाएर ४.२ रेक्टर स्केलको नयाँ भूकम्प गएको थियो । 
 
गएको १० महिना पुगिसक्दासमेत परकम्प जाने क्रम रोकिएको छैन । ‘गोरखा भूकम्प’पछि चार रिक्टर र त्यसमाथिका ४३० परकम्प गइसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ