arrow

नेपाल तरुण दलको नगर प्रशिक्षण सम्पन्न

logo
प्रकाशित २०७५ असार २४ आइतबार
taruns.jpg

बेलडाँडी । कञ्चनपुरको दक्षिणी भेग स्थित बेलडाँडी गाउँ पालिकामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले नगर स्तरीय प्रशिक्षण आइतबार सम्म्पन गरेको छ।

पार्टीका भातृ संगठनको क्षमता अभिबृद्वी गर्दै संगठानिक सुदृढीकरणको अभियानमा जुटेको नेपाली कांग्रेसले कञ्चनपुरको दक्षिणी भेग स्थित क्षेत्र नम्बर १ मा आफ्ना भातृ संगठन  सुदृढ पार्न प्रशिक्षण सुरु गरेको हो ।

आईतबार बेलडाँडीमा सम्पन्न तरुण दलको नगर प्रशिक्षण कार्यक्रममा कांग्रेस नेता तथा पुर्व साँसद दिवानसिह बिष्ट प्रमुख अतिथी रहेका थिए ।

उक्त प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेस कञ्चनपुरका उपसभापति बन्धु राना र तरुण दल जिल्ला उपाध्यक्ष कल बहादुर सिह बिशिस्ट अतिथी रहेका थिए । प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि हरेन्द्रसिह बिष्ट , जिल्ला कमिटी सदस्यहरु प्रकाश पन्त,जनक सिह धामी,पदम पन्डित ,हरिश्चन्द्र राना,नेपाली कांग्रेस क्षेत्रनम्बर १ का सभापती गोपि प्रसाद उपाध्याय अतिथी रहेका थिए ।

आइतबार सम्पन्न तरुण दलको कार्यक्रममा पदम पंडित र जयलाल भट्टले प्रशिक्षण दिएका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ