arrow

महासंघ र बिभागले छान्यो राष्ट्रिय शिक्षा पुरस्कार पाउने पत्रकारको नाम ( नामावली )

logo
प्रकाशित २०७५ असार २४ आइतबार
FNJ_building.jpeg

काठमाडौँ ।  नेपाल पत्रकार महासंघ र शिक्षा विभागले संयुक्त रुपमा प्रदान गर्ने ‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७४’ रुपन्देहीमा कार्यरत पत्रकार कृष्ण मल्ललाई प्रदान गरिने भएको छ ।

महासंघ र विभागद्वारा गठित मूल्याङ्कन तथा छनोट समितिले गरेको सिफारिशका आधारमा शिक्षा पत्रकारिता पुरस्कार छनोट मूल समितिको बैठकले ‘बुटवल टुडे’ र ‘शिक्षक मासिक’मा कार्यरत पत्रकार मल्ललाई प्रदान गर्ने निर्णय गरेको महासचिव रमेश विष्टले जानकारी दिए । पत्रकारिताको माध्यमबाट शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै मल्ललाई रु ५१ हजार राशिको उक्त पुरस्कार प्रदान गरिने भएको हो ।

यसैगरी, बैठकले सात प्रदेश र उपत्यकालाई एक प्रदेश मानी आठ प्रदेशलाई प्रदान गरिने रु २० हजार राशिको ‘प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार–२०७४’ को निर्णय पनि सार्वजनिक गरेको छ ।

महासचिव विष्टका अनुसार प्रदेश नं १ बाट निरोज कोइराला ‘रेडियो नेपाल-हिमालय टाइम्स’ (भोजपुर), प्रदेश नं २ बाट कृष्ण सिग्देल ‘राजधानी दैनिक-अनलाइन खबर’ (बारा), प्रदेश नं ३ बाट चमारसिंह लामा ‘सामुदायिक सूचना नेटवर्क’ (काभ्रेपलाञ्चोक), गण्डकी प्रदेशबाट पवन पौडेल ‘दमौली एफएम’ (तनहुँ), प्रदेश नं ५ बाट पार्वती पाण्डे ‘बुद्धदर्पण दैनिक’ (कपिलवस्तु), कर्णाली प्रदेशबाट मेघराज खड्का ‘कारोवार दैनिक’ (रुकुम), प्रदेश नं ७ बाट गोकर्ण दयाल ‘गोरखापत्र दैनिक’ (बैतडी) तथा उपत्यका प्रदेशबाट चन्द्र बानियाँ ‘रेडियो नेपाल’ (काठमाडौँ) लाई प्रदान गर्ने निर्णय गरिएको छ ।

बैठकले सात प्रदेश र उपत्यकालाई एक प्रदेश मानी आठ प्रदेशअन्तर्गत प्रत्येक प्रदेशबाट दुईजना पत्रकारलाई प्रदान गरिने रु १५ हजार राशिको ‘प्रादेशिक शिक्षा लेखनवृत्ति–२०७४’ पनि घोषणा गरेको छ ।

प्रदेश नं १ बाट रमेशचन्द्र अधिकारी ‘कान्तिपुर दैनिक’ (धनकुटा) र नारायणभक्त राई ‘ब्लाष्ट टाइम्स दैनिक’ (सुनसरी), प्रदेश नं २ बाट नगेन्द्रकुमार कर्ण ‘गोरखापत्र दैनिक’ (महोत्तरी) र दीपेन्द्रप्रसाद सिंह ‘जनकपुर टुडे’ (धनुषा), प्रदेश नं ३ बाट मन्दिरा थापा ‘नेपाल टेलिभिजन’ (दोलखा) र मनोज थापा ‘अर्थ नेपाल डटकम’ (नुवाकोट), गण्डकी प्रदेशबाट शान्ता कमली ‘नयाँपत्रिका दैनिक’ (लमजुङ) र छविलाल तिवारी ‘नागरिक दैनिक’ (पर्वत), प्रदेश नं ५ बाट केशर रोका ‘अन्नपूर्ण पोष्ट दैनिक’ (प्यूठान) र तेजेन्द्र केसी ‘दैनिकपत्र दैनिक’ (रुपन्देही)ले सो लेखनवृत्ति पाउने भउका हुन् ।

यसैगरी, कर्णाली प्रदेशबाट नरजन तामाङ ‘नयाँपत्रिका दैनिक’ (हुम्ला) र गणेश विक ‘नागरिक दैनिक’ (रुकुम), प्रदेश नं ७ बाट गगन ऐडी ‘नयाँपत्रिका दैनिक’ (बाजुरा) र जगदीश रोकाय ‘अन्नपूर्ण पोष्ट दैनिक’ (बझाङ) र उपत्यका प्रदेशबाट संयुक्तरूपमा नीता सापकोटा ‘नेपाल टेलिभिजन’ (काठमाडौँ), केशव भुल ‘सिआइएन’ (काठमाडौं) र रामु सापकोटा ‘हिमाल खबर पत्रिका’ (ललितपुर) लाई सो लेखनवृत्ति प्रदान गर्ने निर्णय गरिएको छ ।

यसैगरी, बैठकले उपत्यकासहित आठ प्रदेशका एफएम रेडियोलाई प्रदान गरिने रु २० हजार राशिको संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७४’ को पनि घोषणा गरेको छ । उक्त पुरस्कार पाउनेमा प्रदेश नं १ बाट ‘सामुदायिक रेडियो सोलु एफएम’ (सोलुखुम्बु), प्रदेश नं २ बाट ‘रेडियो निजगढ’ (बारा), प्रदेश नं ३ बाट ‘रेडियो तिनलाल’ (रामेछाप), गण्डकी प्रदेशबाट ‘मनास्लु एफएम’ (गोरखा), प्रदेश नं ५ बाट ‘रेडियो कृपालु’ (प्यूठान), कर्णाली प्रदेशबाट ‘चंखेली एफएम रेडियो’ (कालिकोट), प्रदेश नं ७ बाट ‘सेती सामुदायिक एफएम’ (बझाङ) र उपत्यका प्रदेशबाट ‘रेडियो राजधानी’ (काठमाडौँ) रहेका छन् ।

राष्ट्रियस्तरका पत्रपत्रिका र टेलिभिजनलाई छुट्टाछुट्टै रूपमा प्रदान गरिने रु २५ हजार राशिको ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७४’ पत्रपत्रिकातर्फ ‘नागरिक दैनिक’ (काठमाडौँ) र टेलिभिजनतर्फ ‘इमेज टेलिभिजन’ (काठमाडौँ) लाई प्रदान गरिएको छ । साथै, अनलाइनतर्फको संस्थागत शिक्षा पत्रकारिता पुरस्कार ‘एजुकेशन न्यूज नेपाल डटकम’लाई प्रदान गरिने भएको महासंघका महासचिव विष्टले जानकारी दिए ।

महासंघ र शिक्षा विभागले प्रत्येक वर्ष शिक्षा क्षेत्रको विकासका लागि समाचार, सूचना र विचार प्रवाह गर्ने पत्रकार, एफएम रेडियो, पत्रपत्रिका र टेलिभिजनलाई प्रतिष्पर्धाका आधारमा पुरस्कार प्रदान गर्दै आएको छ । महासचिव विष्टले उक्त पुरस्कार यही असार २९ गते आयोजना गरिने कार्यक्रममा वितरण गरिने जानकारी गराए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ